मकवानपुरमा सवारी दुर्घ-टना, ५ जनाको मृ-त्यु !

मकवानपुर । मकवानपुरमा दसैंको अवधिमा १४ वटा सवारी दुर्घ,टना भएका छन् । गत असोज २१ गतेदेखि ३१ गतेसम्म मकवानपुरका विभिन्न स्थानमा गरी १४ वटा सवारी दुर्घ,टना भएका हुन् । उक्त दुर्घ,टनामा विभिन्न २३ वटा सवारी साधनहरु संलग्न रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार सो अवधिमा जिल्लामा सबैभन्दा बढी दुईपांग्रे सवारी दुर्घ,टना भएका छन् । उक्त दुर्घ,टनामा परी ५ जनाले ज्या,न गुमा,एको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार सो अवधिमा सुमो (जिप) दर्घ,टनामा २ जना, मोटरसाइकल दुर्घ,टनामा २ जना र धान काट्ने मेसिन (थ्रेसर) दुर्घ,टनामा एक जना गरी ५ जनाले ज्या,न गुमाएका हुन् । उक्त दुर्घ,टनामा परी ११ जना व्यक्तिहरु गम्भीर घा,इते भएका छन् भने ३५ जनाको अवस्था सामान्य रहेको छ ।

ट्राफिक प्रहरीकाअनुसार गत असोज २७ गते दिउँसो पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र ०२–०३–००१ त १०३ नम्बरको धान काट्ने मेसिन ९थ्रेसर० हेटौंडा–९ पशुपतिनगरमा अनियन्त्रित भइ पल्टिएर दुर्घ,टना हुँदा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–४ बस्ने अन्दाजी ५० वर्षीय रुस्तम अन्सारी रहेका छन् ।

यस्तै, असोज २९ गते राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेमा नारायणघाटबाट काँकडभिट्टा जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा–१५ का १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ बस्ने २२ वर्षीय सुशान्त दियालीको मृ,त्यु भएको थियो ।

असोज ३० गते दिउँसो हेटौंडा–कुलेखानी–काठमाडौँ सडकखण्ड अन्तर्गत पर्ने इन्द्रसरोबर गाउँपालिका वडा नम्वर–२ लामाबगरमा काठमाडौंबाट काठमाडौं आउँदै गरेको ना १ ज ४५११ न को सुमो (जीप) अनियन्त्रित भई दुर्घ,टना हुँदा २ जनाको मृ,त्यु भएको थियो । मृ,त्यु हुनेमा काठमाडौँ–१६ गोदाबारी बस्ने ६२ वर्षीय विष्णुबहादुर श्रेष्ठ र पर्सा पोखरिया–७ गोविन्दपुर बस्ने अन्दाजी ४५ वर्षीय रामसहनी रामको मृ,त्यु भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty three − = thirty