कर्णाली नदिने मच्चायो बितन्डा ! कालिकोटमा फेरी बगायो, जिते बजार उच्च जोखिममा

कालिकोट । बिगत केही दिन देखि लगातार परेको बर्षाका कारण कर्णाली नदीमा पानीको बहाव बढ्दै गएपछि जिते बजार उच्च जोखिममा रहेको छ।

लगातारको पानीले कर्णाली नदिमा राखिएको जितेको फेरी बगाएको छ । करिडोर निर्माणका लागि समान ढुवानी गर्न कालीकोटका पाँच स्थानीय तहसँगै बाजुरा, हुम्ला र मुगुका नागरिकलाई दैनिक उपभोग्य समानका साथै यातायातका साधन तार्नका लागि जिते बजारमा जडान गरिएको फेरी कर्णाली नदीले बगाएको हो ।

एक स्थानीयका अनुुसार फेरीसँगै जिते हाट बजारका पाँच वटा शौचालय बगाएकाले थप वर्षा भए बजार नै बगाउने खतरा रहेको वताउनुभयो ।

यस्तै कर्णाली नदीमा भन्दा पनि तिलानदीमा पानीको बहाब उच्च रहेको बताउनुभयो ।

जसरी तिला नदीमा पानीको मात्रा बढेको छ, त्यसरी कर्णाली नदीमा बढेमा जिते बजार पूरै बगाउने बताउनुभयो । जिते बजार कर्णाली र तिला नदीको दोभानमा छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बजारका ब्यापारीलाई छिटो अन्यत्र जान भनेको र प्रहरी नेपाली सेनालाई परिचालन गरेको बताउनुभयो ।

प्रजिअ आचार्यले केही घन्टा यस्तै पानी परिरहेमा बजार पूरै बगाउने वताउनुभयो । फेरी बगेको छ । नदीको किनारमा बाँधेर राखेको फेरीलाई समेत बगाएकाले पानीको बहाब निकै वढिरहेको बताउनुभयो ।

तस्बिर कर्णाली प्रेस बाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 8 = sixty four