सरिता गिरी माओवादी केन्द्र प्रवेशको चर्चा !

काठमाडौं । सरिता गिरी माओवादी केन्द्र प्रवेशको चर्चा चलेको थियो ।

पूर्वमन्त्री सरिता गिरीले ‘मधेस विकास फोरम’ नामक संस्था गठन गरेकी छन् ।

वातावरण संरक्षण गर्दै सहभागितामूलक जनमुखी विकास, विधिको शासन र मानव सुरक्षाको सुनिश्चितताका लागि संस्थाले काम गर्ने उदेश्यले संस्था स्थापना गरेको गिरीको भनाई छ ।

गत २६ असोजमा लहानमा भएको एक भेलाले गिरीलाई संयोजकको जिम्मेवारी तोक्दै गठन भएको उक्त संस्थाले देशभर काम गर्ने जनाइएको छ । पहिलो चरणमा प्रदेश २ अन्तर्गत सिरहास्थित लहान नगरपालिकाको २४वटै वडामा संस्था विस्तार गर्ने योजना रहेको संयोजक गिरीले बताइन् ।

भारतले अतिक्रमण गरेको नेपालको भुमि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्दा विपक्षमा उभिएपछि उनी सम्वद्ध दल जनता समाजवादी पार्टी (जसपा) ले सांसद र पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो ।
पार्टीले कार,बाही गरेपछि गिरी सामाजिक गतिविधिमा क्रियाशील भएका हुन् ।

सामाजिक संस्था गठन गरेपछि गिरीले विज्ञप्ति जारी गर्दै जनजीविकासँग जोडिएका विभिन्न विषय समेटेर मागहरु अघि सारेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ seven = one