काठमाडौं । बझाङ जिल्लाको थलारा गाउँपालिका–४ डिख्लामा घरमाथि पहिरो खस्दा २३ जना बेपत्ता भएका छन् ।
डिख्लामा मंगलवार बिहान पहिरो जाँदा २३ जना बेपत्ता भएको स्थानीय शान्ति माविका शिक्षक मदन साउँदले जानकारी दिए ।
बेपत्ता हुनेमा गगन सार्कीका एकैघरका १८ जना र नरे पार्कीको घरका ५ जना छन् । गगन सार्की रोजगारीका लागि भारतमा छन् भने उनका माइला छोरा काले सार्की सकुशल रहेका जनाइएको छ ।
पहिरोको क्षतिबारे जानकारी लिन खोज्दा जिल्ला प्रहरी कार्यालय बझाङमा सम्पर्क हुन सकेन ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रमबहादुर चन्दले एनटीसीका नम्बरमा सम्पर्क नहुँदा सूचना प्राप्त हुन नसकेको जानकारी दिए ।
Facebook Comments Box