मुम्बईका बलरसामु धोनीको टिम चेन्नाईको शर्मनाक प्रदर्शन, ११४ रनमै अल आउट

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४१ औँ म्याचमा आज चेन्न्नई सुपरकिंग्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ । मुम्बईले टस जितेर बलिङ रोजेसँगै चेन्नई ब्याटिङमा उत्रिए चेन्नाईले शर्मनाक प्रदर्शन गर्दै ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ । चेन्नईले २० ओभरमा ९ विकेट गुमाउदै ११४ रन बनाएको हो ।

चेन्नईका लागि साम करनले सर्बाधिक ५२ रन बनाएका थिए भने महेन्द्र सिंह धोनीले १६, इमरान ताहिरले अविजित १३ तथा श्रदुल ठाकुरले ११ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेकन । रुतुराज गायकवाड शुन्य, फाफ डुप्लेसिस १, अम्बाती रायडू २, नारायण जगदिशन शुन्य, रविन्द्र जेदेजा ७, दिपक चहर ० र इमरान ताहिरले ७ रन बनाए । मुम्बईका बलरले उत्कृष्ट बलिङ गरेका थिए । मुम्बईका लागि ट्रेन्ट बोल्टले ४ओभरमा एक मेडनसहित १८ रन दिएर ४ विकेट लिएका थिए ।

याे खेलमा मुम्बईका नियमित राेहित शर्मा खेलेका छैनन् । अङ्क तालिकाको तीन स्थानमा रहेको मुम्बई र पुछारमा रहेको चेन्नई खेलिरहेका हुन् । ९ खेल खेलेको मुम्बईले ६ खेल जित्दा १२ अङ्क बटुलेको छ । एक खेल बढी खेलेको चेन्नईले मात्र तीन खेल जित्दा ६ अङ्क बनाएको छ । यो खेलमा चेन्नई जित्नैपर्ने दबाबमा छ । यसअघिका शृङ्खलामा बलियो देखिएको चेन्नई यो संस्करणमा भने कमजोर देखिएको छ ।

चेन्नई सुपर किंग्सको प्लेइङ ११ : साम करन, एन जगदेसन, फाफ डु प्लेसिस, अंबाती रायुडू, ऋतुराज गायकवाड, एमएस धोनी (कप्तान र विकेटकीपर), रविन्द्र जडेजा, दीपक चहर, शार्दुल ठाकुर, इमरान ताहिर, जोश हेजलवुड।

मुम्बई इन्डियन्सको प्लेइङ ११ : सौरभ तिवारी, क्विन्टन डेक, सूर्यकुमार यादव, ईशान किशन, किरन पोलार्ड, हार्दिक पांड्या, कृणाल पांड्या, नेथन कुलपर नाइल, राहुल चहर, ट्रेंट बोल्ट, जसप्रीत बुमराह।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ five = 1