काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । बैठकमा पार्टी अध्यक्षले अघि बढाएको प्रस्तावले एमालेभित्र तरंग पैदा गरेको छ भने गठबन्धनका नेताकार्यकर्ताहरु उत्साहित बनेका छन् ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले कुनैपनि हालतमा सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म नै निरन्तरता दिन प्रस्ताव राखेका थिए ।
सोमबारको बैठकमा सत्ता गठनबन्धनको सम्बन्ध, राष्ट्रिय सम्मेलनलगायत समसामयिक विषयमा छलफल भएको स्थायी कमिटी सदस्य गिरीराजमणि पोखरेलले जानकारी दिए । उनले भने, ’बैठक भोलि बिहान पुनः बस्नेछ ।
मुख्यतः पार्टीको राष्ट्रिय सम्मेलनको विषयमा छलफल भयो । ’
कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।
Facebook Comments Box