पत्रकार ऋषि धमला र रबी लामिछाने माओवादीमा प्रवेश ?

काठमाडौं । चर्चित पत्रकार ऋषि धमला र रबी लामिछाने माओवादी केन्द्रमा प्रवेश गरेका छन।

प्रचण्डलाई उच्च सम्मान गर्दै माओवादीले गरेको परिवर्तन साँच्चै महान छ भन्दै यस्तो धमला र लामिछानेले यस्तो निर्णय गरेका हुन भन्ने खबर बाहिरिएको छ ।

धमला र लामिछानेले राखेको धारणा यस्तो छ ।

प्रचण्डले नै हो देश बनाउने अरूले सक्दैन – ऋषि धमला

देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको कार्यक्रममा पत्रकार ऋषि धमलाले प्रचण्डको खुलेर समर्थन गरेका छन।

क्रान्ति र शान्तिको एकैपटक नेतृत्व गर्न सक्ने आदर्श नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड हुन।

प्रचण्डबाहेक अरु कसैले देश बनाउन नसक्ने धमलाले बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चारकर्मी धमलाले प्रचण्डको तारिफ गर्नुमा आफ्नो कुनै स्वार्थ नभएकोसमेत बताएका छन्।

धमलाले अब नेपालको विकास र समृद्धिको नेतृत्व गर्ने दायित्व प्रचण्डकै काँधमा भएको धारणा व्याक्त गरेका छन्।

त्यस्तै, पत्रकार रबी लामिछानले पनि प्रचण्ड नै हो सबै नेपालीको भाग्यबिधाता भनेका छन्।

यो खबर न्युज 28 डटकममा छ ।

यो पनि पढ्नुहोस :

अध्यक्ष प्रचण्डले भने ‘यो वर्ष चुनावी वर्ष’

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचनलाई सफल बनाउन दललाई एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले पहिलो र दोस्रोचरणको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्यनमा बल पुगेको र तेस्रोचरणको स्थानीय निर्वाचनमा सबै दल सहभागी हुने भएपछि उत्साहका साथ सो निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।

यो वर्ष ‘चुनावी वर्ष’ भएको प्रशंग उल्लेख गर्दै उनले प्रदेश र संघीय संसद्को निर्वाचन निर्धारित समयभित्रै सम्पन्न हुने स्पष्ट पारे ।

अध्यक्ष दाहालले संविधान गतिशील विषय भएकाले आवश्यकतानुसार संशोधन हुने जाने उल्लेख गर्दै अहिलेको अवस्थामा राष्ट्रिय जनता दलसमेत सहभागी भएर संविधान संशोधनको प्रक्रिया हाललाई टुंगो लागेको र संसदीय निर्वाचनपछि बन्ने संसद्ले कुन÷कुन विषयमा संविधान संशोधन गर्ने विषयको समाधान गर्ने स्पष्ट पारे ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको विषयमा भारत भ्रमणको समयमा दिएको अभिव्यक्तिको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले आफूलाई अधिकारिक रुपमा जानकारी नभएको र अहिले संविधान संशोधनको विषय असान्दर्भिक भएको बताए ।

कोसी उच्च बाँधका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भन्नुभयो, “संयुक्त वक्तव्य आपूmले हेरेको र त्यो राख्नुपर्ने आवश्यक थिएन्, यस विषयमा प्रधानमन्त्री लगायतसँग छलफल गर्नेछु ।”

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× nine = 45