हेटौंडा । बागमती प्रदेशसभाको बैठक बिहीबार दिउँसो ३ बजेका लागि सारिएको छ । दिउँसो १ बजे बैठक बोलाइए पनि प्रदेशसभा सचिवालयले सांसदहरुलाई एसएमएस गरेर बैठक दुई घण्टा पछि सरेको जानकारी गराएको छ ।
प्रदेशसभा सचिवालयका एक कर्मचारीका अनुसार निर्धारित १ बजेको बैठकमा नेकपा एमालेका सांसदहरु आइनपुगेकाले बैठक सारिएको हो ।
यसअघि नेकपा एमालेले पार्टीको अधिवेशनको कामले गर्दा बिहीबारको प्रदेशसभा बैठकमा सहभागी हुन नसक्ने भन्दै कात्तिक ११ पछि बैठक राख्न आग्रह गरेको थियो ।
तर सभामुखले बैठक राखेपछि एमालेले आफूहरु सहभागी नहुने बताएको थियो ।
प्रदेश सरकार प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री केशवराज पाण्डेले भने एमाले सांसदहरु बिहीबारको बैठकमा सहभागी हुने बताएका छन् ।
बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची छ ।
Facebook Comments Box