महरा प्रचण्डका मुख्य विश्वासपात्र, माओवादीको दुईवटा विभागको जिम्मेवारी !

काठमाडौं । नेकपा माओवादी केन्द्रमा ३२ वटा विभागको जिम्मेवारी बाँडफाँड हुँदा एकजना नेताले दुईवटा विभागको प्रमुख बन्ने अवसर पाएका छन् ।

पूर्वसभामुख समेत रहेका कृष्णबहादुर महराले दुईवटा विभागको जिम्मेवारी पाएका हुन् ।

महराले प्रचार तथा प्रकाश विभाग र राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी पाएका हुन् ।

दुवै विभाग महत्वपूर्ण मानिन्छ । माओवादी प्रवक्ता समेत रहेका महरा सभामुखबाट राजीनामा दिएका नेता हुन् ।

महरामाथि बलात्कारको अभियोग लागेको थियो । उनले अदालतबाट सफाई पाइसकेका छन् ।

तर, उक्त घटनाले उनको राजनीतिक जीवनमा ठूलो धक्का परेको छ । महरालाई कतिपयले प्रचण्डको उत्तराधिकारीको रुपमा समेत लिने गरेका छन् ।

उनी प्रचण्डका सबैभन्दा विश्वासपात्र नेता मानिन्छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty eight − = forty six