एमसीसीको झुटो प्रचार गरिएको छ: प्रधानमन्त्री देउवा

काठमान्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीबारे झुटो प्रचार गरिएको बताएका छन्।

एमसीसी जस्ताको त्यस्तै पारित हुने उनको भनाइ थियो। “एमसीसी पास हुन्छ। संशोधन गर्नुपर्ने केही छैन,” प्रधानमन्त्री देउवाले भने, “एमसीसीको झुटो प्रचार गरिएको छ।”

बाढी र पहिरो पीडितसँग भेटघाट गर्न सुदूरपश्चिम पुगेका देउवाले पत्रकारसँग कुराकानी गर्दै यसबारे उठेका प्रश्नको एमसीसीले पनि जवाफ दिइसकेको उल्लेख गरे।

एमसीसी नेपालको कानूनभन्दा माथि हुन्छ भन्ने गलत प्रचार गरिएको उनको भनाइ थियो।

“एडीबी छ, विश्व ब्यांक छ, त्यहाँबाट ऋण लिन्छौं। त्यसमा झगडा भयो भने अन्तर्राष्ट्रिय कानून लागू हुन्छ,” प्रधानमन्त्री देउवाले भने, “यो त अनुदान हो, यसमा नेपालको कानून लागू हुन्छ।

उनीहरूले पनि भनिसकेका छन्, यो नेपालको कानूनभन्दा तल हो।”

उनले नेपालमा अनुदान आउन नदिन केही तत्त्व सक्रिय रहेको बताए। प्रधानमन्त्री देउवाले भने, “यो त ऋण होइन, अनुदान हो।

नेपालमा अनुदान आउन नदिने तत्त्व छ। सित्तै दिन्छु भन्दा पनि पैसा चाहिएन भन्छन्, यार।”

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixty = sixty four