प्रहरीका हाकिमका बोली फेरिने, अब ‘तपाईं’ भन्नुपर्ने !

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग भित्र बोलचालमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले एक कार्यक्रमकाबीच संगठनको छवि राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न संगठनभित्र एकले अर्कालाई सम्मानको शब्द प्रयोग गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्रीको निर्देशनपछि नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले अब संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्दको प्रयोग हुने बताए ।‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ,’ उनले भने,

‘अब संगठनमा कसैले कसैलाई ‘तँ’ भन्न मिल्दैन । ‘सम्मानाथी’ शब्द प्रयोग गर्नुपर्छ ।’

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका छन् ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल,

नेपाल प्रहरीका एआईजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनाल सहभागी थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eighty four ÷ fourteen =