काठमाडौं । अस्पतालबाट डिस्चार्ज भएका माओवादीका महासचिव मोहन वैद्य ।
थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य “किरण” डिस्चार्ज भएका छन् ।
दमको समस्या भएपछि नर्भिकमा असोज ३१ गते भर्ना भएका किरण एकहप्तापछि आइतबार डिस्चार्ज भएका हुन् ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार वैद्यको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
Facebook Comments Box