निर्वाचन आयोगले गर्यो स्थानीय तहको चुनाव चैत पहिलो साताभित्र गर्न सरकार समक्ष सिफारिस

काठमाडौं । निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले कानून बमोजिम चैत पहिलो साताभित्र स्थानीय तहको चुनाव हुनुपर्ने बताएको हो ।

स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदैछ ।

त्यसभन्दा तीन महिनाअघि नै निर्वाचन हुनुपर्छ । स्थानीय तहको निर्वाचन गर्न ६ महिना भन्दा कम समय रहेकाले अब रिक्त ठाउँमा भने उपचुनाव हुने छैन ।

त्यस्तै फागुनमा रिक्त हुने राष्ट्रियसभाको निर्वाचन माघको पहिलो साता गर्न आयोगले सरकार समक्ष सिफारिस गरेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty nine − = fifty nine