जनार्दन शर्माको अर्को बोल्ड निर्णय ! कुनैपनि कार्यालयले नया गाडी किन्न नपाउने, पुरानै बनाएर चलाउनु पर्ने

काठमान्डौं । सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०७८ अनुसार सरकारको स्रोत, वैदेशिक अनुदान तथा ऋणबाट यी दुई प्रयोजन बाहेक नयाँ गाडी खरीद गर्न नपाइने भएको हो ।

तर, मापदण्डले दुई पाङ्ग्रे सवारी साधनको खरीदमा भने रोक लगाएको छैन ।

सार्वजनिक खर्च घटाउन सरकारले सरकारी गाडी सञ्चालनमा समेत कडाइ गरेको छ । अब सार्वजनिक बिदाको दिन सरकारी गाडी सञ्चालन गर्न अनुमति लिनुपर्ने छ ।

मापदण्डमा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन काठमाडौं उपत्यकाभित्र सम्बन्धित निकायको सचिव वा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र उपत्यका बाहिर सीडीओको अनुमति लिनुपर्नेछ ।

खर्च कटौतीको लागि सरकारीले अनावश्यक विज्ञापन तथा शुभकामना छपाइमा पनि कडाइ गरेको छ ।

मापदण्डले सरकारी खर्चमा शुभकामना कार्ड र सन्देश प्रकाशन वा प्रसारणमा पनि रोक लगाएको छ ।

मापदण्डले आवासीय गोष्ठी वा कार्यशाला आयोजना गर्न रोक लगाएको छ ।

विशिष्ठ व्यक्ति बाहेक सरकारको प्रतिनिधित्व गरी विदेश जाने प्रतिनिधि मण्डलमा तीन जनाभन्दा बढी व्यक्ति समावेश समेत गर्न नपाइने भएको छ ।

तीनभन्दा बढी व्यक्ति समावेश गर्नुपर्ने भए अर्थ मन्त्रालयको अनुमति लिनुपर्नेछ ।

त्यसैगरी, विदेशी पाहुनाको लागि बाहेक सरकारी खर्चमा भोजभतेर गर्न पाइने छैन । हिमाल खबर बाट

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

29 − twenty six =