माडीको प्रमुख पर्यटकीयस्थल सोमेश्वर गढीमा प्रचण्ड !

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निर्वाचन क्षेत्र चितवनको माडी पुगेका छन् ।

मंगलबार चितवन पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले बुधवार साँझ आफ्नो निर्वाचन क्षेत्रको भ्रमण गरेका हुन् ।

उनले माडीस्थित गठबन्धन दलका प्रतिनिधिहरूसँग समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल गरेका थिए ।

उनले गठबन्धन दलका सहयात्रीहरूले खेल्नुपर्ने भूमिका र समग्र माडीको विकासका बारेमा पनि चासो व्यक्त गरेका उनको निजी स्रोतले बतायो ।

उनी माडीको प्रमुख पर्यटकीयस्थल सोमेश्वर गढीमा मर्निङ वाकमा पुगेका थिए।

करिब एक किमि पैदल हिँडेर प्रचण्ड सोमेश्वर पुगेका हुन् । सो अवसरमा अध्यक्ष प्रचण्डले गढीमा कुदिएका ५३ वटा कलात्मक विशाल मूर्तिहरूको अवलोकन पनि गरे ।

सोमेश्वर गढी भ्रमण वर्षका लागि छनौट भएका एक सय गन्तव्य मध्येको एक हो ।

माडीका मेयर ठाकुरप्रसाद ढकाल, भरतपुर महानगरका मेयर रेनु दाहाल, स्वकीय सचिव गंगा दाहाल, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारी सहितको टोली सोमेश्वर गढी पुगेका थिए ।

मेयर ढकालले सोमेश्वर गढीमा सिँढी निर्माण र भ्युटावर निर्माण गर्न पूर्वप्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता जनाएको बताए ​।

सोमेश्वर गढीमा २०७७ मा ढुंगामा मूर्ति कुदिएको थियो । सोमेश्वर गढी नेपाल–भारत सीमा स्तम्भ समेत छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy eight ÷ = 13