माधब-बामदेव सहित पूर्वमाओवादीलाई एक बनाएर चुनावमा जाने प्रचण्डको तयारी !

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्वाकांक्षी रणनीति अगाडि सारेका छन् ।

उनले पूर्वमाओवादी नेताहरुलाई एक बनाउने प्रयास बढाएका छन् । सार्वजनिक रुपमै नेत्रविक्रम चन्द, मोहन वैद्य किरणलगायत नेताहरु एकढिक्का हुने अभिव्यक्ति दिइसकेका छन् ।

प्रचण्डले डा। बाबुराम भट्टराई र उपेन्द्र यादव समेतलाई एक ढिक्का बनाएर चुनावमा जान खोजेका छन् । दुवै पूर्वमाओवादी हुन् ।

यादव जनयुद्धकै बीचमा माओवादी छाडेर मधेश केन्द्रित राजनीतिमा लागेका थिए ।

भट्टराई दोस्रो संविधानसभाको चुनावपछि माओवादी छाडेर नयाँ दल खोल्न पुगे ।

विप्लव र मोहन वैद्य पहिलो संविधान सभा चुनावपछि माओवादी विभाजन गरी अर्को पार्टी खोल्न पुगेका थिए ।

विगतमा प्रचण्ड, बाबुराम, विप्लव र मोहन वैद्य किरण एक हुँदा माओवादी प्रतिनिधि सभामा पहिलो दल बनेको थियो ।

प्रचण्डले त्यही आँकलनका साथ चुनावी रणनीति बनाइरहेको बुझिएको छ ।

आउँदो चुनावमा पूर्वमाओवादीका अलावा माधव नेपाल र बामदेव गौतमलाई पनि भरसक एउटै दल बनाएर ल्याउने नभए गठबन्धन बनाएर भएपछि जाने गरी प्रचण्ड लागेका छन् ।

यसमा प्रचण्ड सफल भएमा उक्त शक्ति निकै बलियो हुने सम्भावना छ ।

प्रचण्डले गणतन्त्र, धर्मनीरपेक्ष र संघीयता पक्षधर एक हुनुपर्ने मुद्दाका साथ नयाँ गठबन्धन बनाउने योजना बढाएका हुन् ।

योजना मुताबिक हुने छलफल समेत बढाइरहेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

85 ÷ seventeen =