मन्त्री क्वाटर भत्काएर ठूलो पार्क बनाउने उद्देश्य राखेको छु : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले ललितपुरको कुपण्डोलमा रहेको मन्त्री आवासलाई भत्काएर खुला पार्क बनाउने योजना रहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा त्यस्ता १२ वटा पार्क निर्माण गर्ने योजना रहेको बताएका हुन् ।

मन्त्री शर्माद्वारा प्रस्तुत आर्थिक विधेयकमा सो योजना रहेको खुलाएका छन् । ‘मैले प्रस्तुत गरेको विधेयकमा १२ वटा ठूला पार्कहरू बनाउने योजना अघि सारेको छु’, उनले भने, ‘ललितपुरले कहाँ ठाउँ उपलब्ध गराउँछ त्यहाँ पार्क हुनेछ ।

मैले चाहिँ मन्त्री क्वाटर भत्काएर त्यहाँ ठूलो पार्क बनाउने उद्देश्य राखेको छु ।’ उनले पार्कमा फुलको सजावट हुने र सबै उमेर समूहका मानिसले ‘रिफ्रेसमेन्ट’ लिन सक्ने बताए ।

पार्कमा फुलको सजावट हुने भएकाले यो पुष्प व्यवसायसँग पनि जोडिएकाले सम्बन्धित निकाय र सरोकारवालाले पार्क निर्माणमा सहयोग गर्न समेत आग्रह गरे ।

विगत १४ वर्षदेखि हरेक वर्ष फ्लोरिकल्चर एसोसिएसनले आयोजना गर्दै आएको यस वर्षको पुष्प प्रदर्शनी सोमबारसम्म हुने बताइएको छ ।

अघिल्लो वर्ष भने कोरोना महामारीका कारण प्रदर्शनी स्थगित भएको थियो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

9 ÷ = one