माओवादी छाेडेर जसपामा गएका बाबुराम फेरि माओवादी प्रवेश गर्दैछन् !

काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को एकीकरण हुने भएको छ । पार्टी एकीकरण गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रस्तावलाई जनता समाजवादी पार्टीले सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको हो ।

सर्लाहीमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी र जसपाबीच छिटो भन्दा छिटो एकता गर्न प्रस्ताव गरेपछि जसपाका एक प्रभावशाली नेता मनिष सुमनले आफूहरु पनि एकताकै पक्षमा रहेको बताए ।

तर त्यसका लागि प्रदेशको सिमांकन फेर्ने, नागरिकताको समस्या समाधान गर्नुपर्ने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगाययका मधेसी जनताका मागहरु सम्बोधन गर्न प्रचण्ड तयार हुनुपर्ने उनले बताए ।

आफूहरुका यी माग सम्बोधन गर्न प्रचण्ड तयार भए एकीकरण टाढा नरहेको पनि उनले बताए । सर्लाहीमा आयोजित कार्यक्रममा प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्रराय यादवलाई छिटो पार्टी एकता गर्न अपील गरेका थिए ।

क्षेत्रीय पार्टीबाट मधेसी र पहाडीया जनताको मुक्ति नहुने दाबी गर्दै प्रचण्डले एकीकरण गरेर पार्टीलाई टापु हैन महासागर बनाउन प्रस्ताव गरे । प्रचण्डले पार्टी एकता गरेमा जसपाका नेताहरुलाई सम्मान र अधिकार दिन कुनै कमि नहुने आश्वासन दिए ।

पार्टी एकीकरणको प्रस्तावका लागि प्रचण्डलाई धन्यवाद दिँदै जसपा नेता सुमनले साच्चै एकता चाहने हो भने मधेसका माग र मुद्दाको सम्बोधन हुनुपर्ने बताए ।

अन्यथा एकीकरणको कुरा भाषणमा मात्रै सीमित हुने उनले बताए । प्रचण्डले नागरिकता लगायतका विषयमा पनि सत्ता पक्ष र प्रतिपक्षबीच संवाद गरेर निर्णयमा पुगिने बताएका छन्।

याे खबर Onlinemarg.com मा छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

4 + four =