सुनिल नायनले ब्याटिङमा बरुण चक्रवर्तीले बलिङमा गरे दिल्लीको पत्तासाफ, एक्लैले लिए ५ विकेट

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार कोलकाता नाइटराइडर्सले दिल्ली क्यापिटल्सलाई ५९ रनले हराएको छ । शीर्ष स्थानमा उक्लने हाेडमा रहेकाे दिल्लीकाे ब्याटिङ लाइन नचल्दा काेलकतासँग ५९ रनले स्तब्ध भएकाे हाे।

कोलकाताले दिएको १९५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३५ रन बनाउन सफल भयो । दिल्लीका लागि कप्तान श्रेयस अय्यरले ४७ रन बनाए भने रिषव पन्तले २७ तथा शिमरन हेटमेयरले १० रन बनाए । त्यस्तै आर आश्विनले १४, आजिख्य रहाने ०, शिखर धवन ६, मार्कोस स्टोइनिस ६, तुषार देशपाण्डेले १ तथा अक्सर पटेल र कगीसो रबाडाले ९-९ रन बनाए ।

दिल्लीलाई सस्तैमा समेट्न काेलकताका वरूण चक्रवर्तीले सर्वाधिक ५ विकेट लिए भने प्याट कमिङ्सले ३ तथा लाेकिइ फ्रेगुइसनले १ विकेट लिए। त्यसअघि अबुधाबी स्थित शेख जायेद स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएकाे काेलकताले ६ विकेटकाे क्षतिमा १९४ रन बनाएकाे थियाे।

कोलकाताका लागि नितिश राणाले सर्वाधिक ८१ रन बनाए । उनले ५३ बल मा १ छक्का र १३ चौकामा उक्त योगफल तयार पारेका हुन् । त्यस्तै कोलकाताका लागि सुनिल नारायणले ६४ रन बनाए । ३२ बलको सामना गरेका उनले ४ छक्का र ६ चौका प्रहार गरेका थिए ।

दिल्लीका लागि एनरिच नोर्ट्जे, कागिसो रबाडा र मार्कस स्टोइनिसले समान २-२ विकेट लिए । यो जितसँगै कोलकोताले ११ खेलमा ६ खेल जित्दै १२ अंक चौथो स्थानमा रहेको छ भने दिल्ली क्यापिटल्सले जारी आइपिएलमा चौथो खेल हारेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty four ÷ = seventeen