सातै प्रदेशमा गठबन्धनको सरकार बन्नु जनताको जीत होः अध्यक्ष प्रचण्ड

काठमान्डौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको सातै प्रदेशमा सत्ता गठबन्धनको सरकार रहेको र यो जनताको जीत भएको बताउनुभएको छ ।

बिहीबार माओवादी केन्द्रको मध्यपुर ठिमी नगर कमिटीले नेपाल संवतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शंखधर शाख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।

जनताको हित गर्ने पार्टी माओवादी केन्द्र नै रहेकाले आगामी दिनमा देशकै एक नम्बर पार्टी हुनुपर्ने धारणा राख्नुभयो । ‘संविधान र राष्ट्रको रक्षा गर्ने अर्को पार्टी छैन, उहाँले भन्नुभयो ।

माओवादीको मुद्दालाई धारासायी बनाउने शक्तिहरु कमजोर भएको पनि उहाँले दावी गर्नुभयो । तर जितिसक्यौं भनेर ढुक्क हुने स्थिति भने नरहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

एमसीसी पास गर्न प्रचण्डसँग लिखित हस्ताक्षर गरेको प्रधानमन्त्री देउवाको प्रष्टीकरण

विगतमा माओवादी केन्द्रमा विचारमा अष्पष्टता र निराश भएजस्तो स्थिति भएपनि अहिले नयाँ तरंग आएको उहाँको भनाई छ ।

माओवादी केन्द्रले ३५ प्रतिशत महिला सहभागितासहित आदिवासी जनजाति, दलित, मधेसी–मुस्लिम लगायत पिछडिएका क्षेत्रलाई विशेषाधिकार दिदै पार्टीलाई अगाडि बढाइने बताउनुभयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ one = three