एमसीसी पास गर्छौ भनेर होइन, पास हुँदैन भनेर चिठी लेखेका हौँ, देउवाले झुटबोले: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबिना एमसीसी पास हुन नसक्ने प्रष्टिकरण दिएका छन् । इन्द्रेणी साँस्कृतिक टोलीसँगको देउसी भैलोमा अध्यक्ष प्रचण्डले एमसीसी राष्ट्रिय सहमति र एकताबिना पारित नहुने बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड र आफूले एमसीसी पास गर्छौ भनेर चिठी लेखेको बताएका थिए । त्यसपछि एमसीसी प्रकरण फेरि चर्चामा आएको हो ।

‘प्रधानमन्त्रीजीले कहाँ के बोलिदिनुभएछ, प्रचण्डले र मैले चिठी पठाइसकेका छौँ भनेर । देशैभरी साथीहरुमा तरंग पैदा भएको छ । हामीले त्यस्तो चिठी पठाएका होइनौँ, पछि प्रधानमन्त्रीजीले पनि त्यस्तो भनेको होइन भनेर सच्याउनुभएको छ ।

उनले भने, ‘हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी राष्ट्रिय सहमति नभई हामीले यसलाई पारित गर्न सकिँदैन । त्यसको निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौ, समस्या कहाँ छ, भनेर त्यसको निदानको उपाय निकाल्छौँ भनेर चिठी लेखेका हौँ । हामी पास गर्छौ भनेर चिठी लेखेको होइन ।’

अध्यक्ष प्रचण्डले गठबन्धन राम्रैसँग अगाडि बढ्ने समेत बताए ।

महाधिवेशन पार्टी सभापतिको हातमा छैन, जसले जे भने पनि नपत्याउनुस् स् प्रधानमन्त्री देउवा
भक्तपुर, १९ कात्तिक (रासस) : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस भक्तपुरले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले निर्धारित समयमै महाधिवेशन होस् भन्ने आफ्नो चाहना भए पनि आफूले चाहेर मात्रै नहुने उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “समयमै महाधिवेशन हुनुपर्छ भन्ने मेरो पनि चाहना हो,

तर महाधिवेशन अब पार्टी सभापतिको हातमा छैन, कहिले गर्ने भन्ने निर्वाचन समितिको हातमा छ ।” निर्वाचन समितिलाई मङ्सिरभित्रै सबै काम सक्नुस् भनेको उल्लेख गर्दै उहाँले समितिले छिटो काम सके महाधिवेशन समयमै हुन्छ, तोकेकै मितिमै हुन्छ, भन्नुभयो ।

कसैको पनि कुरा नसुनि महाधिवेशनको तयारीमा लाग्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जसले जे भने पनि नपत्याउनुस्, महाधिवेशन निर्धारित समयमै हुन्छ, स्थानीय तहदेखि नै सकेसम्म सर्वसम्मतरूपमा नेतृत्व चयन गर्नुस्, सर्वसम्मत हँुदै भएन भने मात्रै स्वस्थ प्रतिस्पर्धामा जानुस् ।”

पाटीर्को अधिवेशनमा जित–हार हुन्छ तर यसलाई दुश्मनीका रूपमा लिन नहुने बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “पार्टी अधिवेशन आउँदैछ, सर्वसम्मतरूपमा पार्टी सभापति छान्नुस्, जित हार हुन्छ,

हार्नेले जित्नेलाई सहयोग र जित्नेले हार्नेलाई सहयोग गर्नुपर्छ, जित–हारबाट दुश्मनी नबढोस् ।” उहाँले को’भिड–१९ को सङ्क्र’मणबाट जोगिन को’रोनावि’रुद्धको खोप तेस्रोपटक लगाउन आम जनतालाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “कोरोनाविरुद्धको पहिलो र दोस्रोपटक खोप लगाएकालाई पनि फेरि कोरोना सङ्क्रमण भएको छ, तेस्रोपटक पनि खोप दिनुपर्ने भएको छ, मैले पनि दुईपटक मात्रै लगाएको छु,

तेस्रोपटक लगाउनुपर्छ, तपाईँहरु पनि दुईपटक खोप लिएकाले तेस्रोपटक पनि लगाउनुहोस् ।” सो अवसरमा उहाँले सहिद भरत गोपाल झाका परिवारलाई राज्यबाट पाउने सुविधा दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल, जिल्ला सभापति दुर्लभ थापा, उपसभापति हरि नेपाल, सचिव उद्धव सिलवाललगायतले लोकतन्त्रको रक्षाका लागि पार्टी एक ढिक्का भएर जानुपर्नेमा जोड दिनुभयो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− three = one