खुसीको खबर ! एमसीसी अगाडि नबढाउने माओवादीको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनका विषयमा राष्ट्रिय सहमति र केहि संशोधन नभइकन अगाडी नबढाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज (मंगलबार) बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता कृष्ण बहादुृर महराले जानकारी दिए ।

बैठकको निर्णयबारे पत्रकारहरुलाई जानकारी गराउँदै उनले भने( ‘हाम्रो पार्टीले एमसीसी सम्झौताको बारेमा राष्ट्रिय सहमति र केही संशोधन नभइकन अगाडि नबढाउने भन्ने निर्णय भएको छ ।’

त्यस्तै न्यायालय विवादबारे माआवादी केन्द्र हाल तटस्थ बस्ने भएको छ । प्रवक्ता महराले भने, ‘न्यायालय एउटा स्वतन्त्र संस्था हो ।

त्यसमा हामी अहिले केहि बोल्दैनौँ, न्यायालय आफैले टुंग्याउनुपर्छ ।’ मंगलबार बसेको स्थायी कमिटी बैठकमा पार्टीको आगामी हुने राष्ट्रिय सम्मेलनलाई केन्द्रित भएको पार्टीका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

त्यस्तै प्रदेश पदाधिकारहरुको केहि पद टुंगो लगाउन बाँकी रहेको स्थानमा पार्टीको केन्द्रिय अध्यक्षको उपस्थितीमा टुंगो लगाउने निर्णय भएको उनले जानकारी दिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + 1 =