रुकुम पश्चिम । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्षसहित दुई दर्जन युवाले नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसहित दुई दर्जन युवालाई पार्टी प्रवेश गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष गुरुङसहित १ नम्बर वडाध्यक्ष क्याल्पो भोटे थापा, २ नम्बर वडाध्यक्ष छोइक्याप भोटे, ३ नम्बर वडाध्यक्ष पाल्जाङ लामा र ६ नम्बर वडाका कार्यवाहक अध्यक्ष पेम्मा आङछुक गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
यी जनप्रतिनिधि साथमा अरु युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।
नेपाली सेनाको एमआई १७ हेलिकोप्टर मार्फत दाहालका साथमा अर्थमन्त्री जनार्दन शर्मा, पूर्व मन्त्री शक्तिबहादुर बस्नेत, सत्या पहाडीलगायतका नेताहरु उपल्लो डोल्पा पुगेका थिए ।
स्थानीयले दाहाल लगायतको टोलीलाई गाउँ विकासको लागि ६ बुँदे ज्ञापन पत्र समेत बुझाएका छन् ।
गाउँपालिका अध्यक्षलगायतले यसअघि नेकपा एमालेबाट उम्मेदवार बनेर चुनाव जितेका थिए ।