काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र फेरि पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
डोल्पा सदरमुकाम दुनैमा बिहीबार कार्यकर्ता भेटघाटका क्रममा उनले अब थोरै कसरत गरे आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी हुनेमा ढुक्क हुन कार्यकर्तालाई आश्वासन दिए ।
उपल्लो डोल्पा पुगेका अध्यक्ष प्रचण्डले डोल्पामा विकास अपरिहार्य रहेको र त्यो माओवादीले मात्रै बुझेको बताए ।
शान्ति प्रक्रियामा आएलगत्तै माओवादी पहिलो दल भएको र अब आउने निर्वाचनमा पनि पहिलो दल बन्ने दाबी गरे ।
उनले अहिलेको गठबन्धन सरकारले निर्वाचनमा समेत गठबन्धन गरेर ओली प्रवृत्ति हराउने बताए ।
अर्थमन्त्री जर्नादन शर्माले डोल्पाको विकासमा आफूले जति पनि बजेट व्यवस्था गने बताए ।
अध्यक्ष प्रचण्ड, कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत, अर्थमन्त्री शर्मा र पूर्वमन्त्री सत्य पहाडी माथिल्लो डोल्पाबाट आज सदरमुकाम दुनै पुगेका हुन् ।
दुई दिनको डोल्पा भ्रमण सकेर प्रचण्डको टोली आजै काठमाडौं फर्किएको छ ।
छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङसहित दुई वडाका अध्यक्ष माओवादीमा प्रवेश गरेका छन् ।
उनीहरू नेकपा एमालेबाट माओवादीमा प्रवेश गरेका हुन् ।