प्रचण्डको हृदय कोमल छ, नेपालले प्रचण्ड जस्तो नेता पाउनु भाग्यमानी: बाबा रामदेव

काठमाडौं । दुई वटा टीभी च्यानलसहित पतञ्जलिका विभिन्न योजना उद्घाटन गर्न काठमाडौंको पतञ्जलि योठपिठमा आयोजित कार्यक्रममा योगगुरु रामदेवले उपस्थित नेपाली नेताहरूको प्रशंसा गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री नारायण खड्का, कृषिमन्त्री महिन्द्रा राय यादव, पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, माधव नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा नेता उपेन्द्र यादव, लोसपाका राजेन्द्र महतोलगायत कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री देउवा, प्रचण्ड, माधव नेपालले पतञ्जलिले गर्ने गैरनाफामूलक कार्यक्रमलाई सहयोग गर्ने बचन दिए । साथै पतञ्जलिले अहिलेसम्म राम्रो गरिरहेको बताए ।

कार्यक्रमको सुरुमा बोलेका रामदेवले कार्यक्रम सकिनुअघि फेरि माइक समाते अनि नेपाली नेताहरूको प्रशंसा गर्न थाले । देउवालाई उनले साधु स्वभावको नेता भने ।

उनले प्रचण्डलाई कुनै बेला टीभीमा भाषण गर्दै गरेको देखेर आफू छक्क परेको बताए । ‘प्रचण्डले गरेको प्रचण्ड भाषण देखेर म छक्क परेको थिएँ ।

यो मान्छे खतरा छ भन्ने लागेको थियो । मलाई लाग्दैन थियो, कुनै बेला मेरै छेउमा प्रचण्ड हुने छन्’, उनले भने ।

एमालेको बीऊ नै रहेन देशकै नमुना जिल्ला, सबै एकीकृत समाजवादीमा प्रवेश !


माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पकड बलियो बनाउदै लगेको छ । यही क्रममा जुम्ला जिल्लाको पूरै एमाले नेकपा एकीकृत समाजवादीमा विलय भएको छ । कुल ६१ जना जिल्ला समिति सदस्यमा ५८ जना एकीकृत समाजवादीतिर ढल्किएका हुन् ।

दुई जना निर्वाचित जनप्रतिनिधि र एकजना मनोनित सदस्यले मात्र एमालेमै बस्ने निधो गरेसँगै एमालेको पूरै भाग एकीकृत समाजवादीमय भएको हो । नेकपा एमालेतिर हाल मेनका पछाई, लाल भट्टराई लगायतका नेताहरु मात्रै रहेको बताइएको छ ।

जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिङ्गो एमाले जिल्ला कमिटी समाजवादी पार्टीमा रुपान्तरण भइसकेको जानकारी दिएका छन् ।

यसअघि जुम्लाबाट कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने पदमबहादुर रोकायाले प्रदेश निर्वाचन कार्यालयमा गएर समाजवादीमा सनाखत गरिसकेका छन् ।

धीर बोहोरा मनोनित सदस्य भएकोमा पार्टीले यसअघि निष्काशन गरिसकेको थियो । योसँगै युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, प्राध्यापक संघ ,शिक्षक संगठन, निजामति कर्मचारी संगठन र त्रिवि मातहतका सबै संगठन समाजवादी लागेको एकीकृत समाजवादीले दावी गरेको छ।

०७४ को निर्वाचनमा जुम्लामा एमालेले अध्यक्षमा १, उपाध्यक्षमा १ र १७ वटा वडामा वर्चश्व कायम गरेको थियो । जसमध्ये अध्यक्ष जितेका तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी आफु एमालेमै रहेको रातोपाटीलाई जानकारी दिए ।

यस्तै उनको वडा तहका जितेका वडा–३ वडामा कालीबहादुर रावत, ३ मा सिंह बुढा, ४ मा सन्तबहादुर शाही पनि एमालेमै रहेका छन् ।

१७ जनामध्ये ८ जना वडा अध्यक्ष एमालेमै रहेका छन् भने ३ जनाले अहिलेसम्म प्रष्ट धारणा बनाएका छैनन् । यस्तै बाँकी ६ जनाले एकीकृत समाजवादी रोजेका छन् ।

उपाध्यक्षमा जितेकी सिंजा गाउँपालिकाकी जन्मकन्या खत्री यसअघि एमालेमै रहेकी थिइन् । यद्यपि, उनी एकीकृतमा खुल्ने मनसाय बनाएको समाजवादीले दावी गरेको छ ।

चन्द्रनाथ नगरपालिकाका –६ को अध्यक्षमा अजबहादुर रावल, ७ मा नरविर रावल, ८ नरजित दमाई, तालोपानी गाउँपालिका–४ को अध्यक्षमा धीर जैसी, ८ मा कृण्णबहादुर शाही लगायत वडाअध्यक्षहरूले समाजवादीमा सनाखत गरिसकेका छन् ।

एकीकृत समाजवादीमा पूरै एमाले रुपान्तरित भएसँगै एमालेमा सन्नाटा छाएको छ र ठूलो झड्का लागेको छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

3 + four =