भोजपुरमा कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने

नेपाली कांग्रेस भोजपुरको सभापतिको लागि दोस्रो चरणको मतदान हुने भएको छ। सोमबार (आज) भएको मतदानमा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको मतदान गर्न लागिएको हो।

पहिलो चरणमा शीर्ष दुई स्थान प्राप्त गर्ने दुई उम्मेदवारबीचमा पुन: प्रतिस्पर्धा हुने भएको छ। बिनोद वान्तवा र नन्दमणि राईबीचमा मंगलबार प्रतिस्पर्धा हुने भएको छ। पहिलो चरणको मदतानमा कुल १२२६ मतमा खसेको थियो।

त्यसमध्ये नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वकोषाध्यक्ष वान्तवाले ४१४ मत पाएका थिए। यस्तै, राईले ३९२ मत प्राप्त गरे। पहिलो स्थानमा आउने वान्तवा संस्थापनपक्षका उम्मेदवार हुन्।

तेस्रो स्थानमा संस्थापनइतरका बालकृष्ण थापाले ३६० मत ल्याए। उनी प्रतिस्पर्धाबाट बाहिरिएका छन्। राई शेरबहादुर देउवा पक्षका वर्तमान सभापति समेत हुन्। पहिलो चरणबाट बाहिरिने थापा पूर्वसभापति हुन्।

संस्थापनइतरबाट प्रतिस्पर्धा गरेका नेविसंघका पूर्वकेन्द्रीय कोषाध्यक्ष वान्तवालाई तेस्रो स्थानको मत पाएका थापाले समर्थन गर्ने सम्भावना छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty three + = 52