अर्थमन्त्रीले भने – नेपालमै मोबाइल उत्पादन गर्नुस्, सरकारले सहयोग गर्छ

काठमान्डौं । अर्थमन्त्री जनार्दन शर्माले मोबाइल व्यवसायीहरूलाई नेपालमै ब्रान्डेड मोबाइल उत्पादन गर्न सुझाव दिएका छन् ।

नेपाल मोबाइल वितरक संघको महाधिवेशन कार्यक्रमलाई उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीहरूलाई सरकारले सहयोग गर्नेसमेत बताए ।

उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको बताए ।

अर्थमन्त्री शर्माले अवैध मोबाइल विक्रीवितरण र राजश्व चुहावट रोक्न सरकार प्रतिबद्ध रहेको बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× five = thirty five