दार्चुमामा एमालेको बीउ नै रहेन: एकैपटक सबैले एमाले त्यागेर माओवादीमा प्रवेश

दार्चुला । नेकपा माओवादी केन्द्रको अपिहिमाल गाउँपालिका सम्मेलन सम्पन्न भएको छ।

हिजो ९मंगलवार० अपिहिमाल गाउँपालिकाको खण्डेश्वरीमा सञ्चालन गरिएको सम्मेलन कलम सिह बोहराको अध्यक्षतामा ५५ सदस्यिय गाउँ कमिटी गठन गर्दै सम्पन्न भएको हो।

गाउँपालिका कमिटी अध्यक्षमा कलकसिह बोहरा, उपाध्यक्षमा धर्मसिहँ धामी, दिलमाया लौथ्याल, प्रेमराज टमटा चयन हुनुभएको गाउँकमिटी अध्यक्ष कलकसिह बोहराले जानकारी दिनुभयो।

यस्तै आज सम्पन्न सम्मेलनबाट सचिवमा नरेन्द्र ठेकरे, कोषाध्यक्षमा उद्धव वोहरा र सह सचिवमा राजेन्द्रसिह धामी चयन भएको दार्चुला जिल्ला अखिल क्रान्तिकारी का अध्यक्ष अशोक सिंह धामीले जानकारी दिनुभयो ।

नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एबं सुदूरपश्चिम प्रदेश सहइन्चार्ज लक्ष्मणदत्त जोशीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा

सूदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री तथा माओवादी केन्द्रका दार्चुला जिल्ला इन्चार्ज मानबहादुर धामीको विशिष्ट आतिथ्यता रहेको थियो ।

गाउँपालिका सम्मेलनमा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य एवं मार्मा गाउँपालिका अध्यक्ष जमनसिहँ धामी, मार्मा गाउँकमिटी अध्यक्ष नरबहादुर बिष्ट लगायतको आतिथ्यता रहेको थियो ।

माओबादी केन्द्रको दुहुँ गाउँपालिकामा १६ गते, व्यास गाउँपालिकामा १७ गते, महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकामा १८ गते र लेकम गाउँपालिकामा १९ गते पालिका सम्मेलन आयोजना गरिएको नेता जमनसिंह धामीले बताउनुभयो ।

गाउँपालीकाको सम्मेलनबाट एमाले र काँग्रस परित्याग गरी १०२ जना माओवादी केन्द्रमा प्रवेश गरेको पनि धामीले जानकारी दिनु भयो ।

पार्टीहरुले महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेका छन्ः प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीहरु मुलुकको आगामी आम निर्वाचनको तयारीमा लागेको बताएका छन् ।

पार्टीका रुपन्देही इन्चार्ज रामप्रसाद बन्जाडेको श्रद्धाञ्जली सभालाई बुटवलमा सम्बोधन गर्दै प्रचण्डले मुलुक चुनावतिर जान लागेको र आफ्नो पार्टीले पनि त्यसको तयारी गरेको बताए ।

उनले सबै पार्टीहरुले महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेको बताए । उनले चुनाव धाँधलीरहित, विश्वसनीय र सबैको पहुँचमा हुनुपर्ने धारणा राखे ।

चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरूरी छ, प्रचण्डले भने ।

उनले मुलुक समाजवाद उन्मुख भइसकेको मुलुकलाई समृद्ध बनाउनका लागि पनि दलहरूबीच सहकार्य जरूरी रहेको बताए ।

स्वर्गीय नेता बन्जाडे सधै पार्टीप्रति वफादार र साधारण जीवनशैलीका व्यक्ति भएको भन्दै उनको जीवनशैलीबाट कार्यकर्ताले सिक्नुपर्ने बताए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× 7 = thirty five