राप्रपालाई पोखरेलको आग्रह : हिजो के भयो छाडिदिऊँ, अब सहकार्य गरौं

काठमाडौं : नेकपा (एमाले) का नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहकार्यका लागि आव्हान गरेका छन्।

काठमाडौंमा बुधबार सुरु भएको राप्रपाको एकता महाधिवेशनमा शुभकामना व्यक्त गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले विगतलाई बिर्सिन र सहकार्य गर्न आव्हान गरेका हुन्।

‘राप्रपाका नामबाट हिजो के भयो छाडिदिउँ, एमालेको नामबाट के भयो छाडिदिउँ, विगतले दुई चिज मात्रै दिन्छ त्यो हो शिक्षा र अनुभव’, पोखरेलले भने, अब हामी साना-साना मुद्दामा विभाजित भयौं भने देशले झन् ठूलो संकट व्यहोर्नुपर्छ। यस्तो दुर्भाग्य नआओस् हामीहरू देशको हितमा एकतावद्ध भएर अघि बढ्नुपर्छ।’

विषय र मुद्दाले एकैठाउँमा उभिन सकिने भन्दै पोखरेलले त्यस दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।

‘हामीहरुलाई कुनै चिजलाई एकतामा बाँध्न सक्दैन, मुद्दाले विषय र एजेन्डाले एक ठाउँमा बाँध्न सक्छ, नेकपा एमाले र राप्रपाबीचको सम्बन्धको कुरा पनि मुद्दा र एजेन्डाले एकैठाउँमा ल्याउन सक्छ त्यस दिशामा हामी अघि बढ्नुपर्छ।’ पोखरेलले भने।

आफू कम्युनिष्ट पार्टीको मान्छे भएपछि सिद्धान्तका ठेलीहरूले केही नहुने भन्दै उनले जनताको जीवन र समृद्धिका लागि काम गर्नुपर्ने बताए।

‘हिजो के भन्यौ कसो भन्यौ छाडिदिउँ, अहिलेको अवस्थामा जनता र देशको अ
वस्था बदल्ने मुद्दामा एक ठाउँमा उभिएर जानुपर्छ’,पोखरेलले थपे।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty + = thirty six