चलेन मेसीको जादु ! एल क्लासिको रियल म्याड्रिडले जित्यो, बार्सिलोना ले पराजित

काठमाडौं, ८ कात्तिक । नयाँ सिजनको पहिलो एल क्लासिकोमा रियाल मड्रिडले बार्सिलोनालाई ३–१ गोलले पराजित गरेको छ । ला लिगाअन्तर्गत आज साँझ सम्पन्न भएको खेलमा रियाल मड्रिडले बार्सिलोनालाई उसैको घरेलु मैदान क्याम्पनाउमा ३–१ गोलले पराजित गरेको हो ।

रियाल मड्रिडको जितमा फेडेरिको भालभर्डे, सर्जियो रामोस र लुका मोड्रिचले १-१ गोल गरे । रियालले पाँचौं मिनेटमा भल्भर्डको गोलमा अग्रता लिएको थियो । तर, त्यसको तीन मिनेटपछि नै युवा स्ट्राइकर अन्सु फाटीले गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई १-१ को बराबरीमा फर्काएका थिए ।

त्यस्तै, खेलको ६३ औं मिनेटमा रामोसले पेनाल्टीमार्फत् गोल गर्दै रियाललाई २-१ को अग्रता दिलाए । यसका साथै खेलको अन्तिम समय ९० औं मिनेटमा मोड्रिचले गोल गर्दै रियाललाई ३–१ को जित दिलाए ।

यो जितसँगै रियाल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियालले ६ खेलबाट १३ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको १० औं स्थानमा छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

eight × = eighty