काठमाडौँ । राप्रपाको महिला महामन्त्रीमा कुन्तीकुमार शाही विजयी भएकी छन् ।
कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएका हुन् ।
यस्तै, अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन् ।
शाहीले २ हजार ५ मत ल्याइन् भने थापाले १६४० मत प्राप्त गरिन् ।
उनले महामन्त्रीमा हारेपछी अबको राजनैतिक बाटो के त भनेर टुंगो लागेको छैन । यश अगाडी उनी माओवादी केन्द्रमा लागेको कारण धेरैले पुरानै पाटीमा फर्कन सक्ने आँकलन गरेका छन ।
चर्चित नायिका रेखा थापा र एमाले नेत्री उर्मिला अर्याल माओवादीमा प्रवेश स् प्रचण्डले गरे भव्य स्वागत
काठमाडौ । नायिका रेखा थापा र नेकपा एमाले पोलिट्व्यूरो सदस्य एवम् पूर्व मन्त्री उर्मिला अर्याल एमाओवादीमा प्रवेश गरेका छन् ।
एकीकृत माओवादी मूख्यालय पेरिसडाडामा पार्टी अध्यक्ष पुष्पकमल दहालले टिका लगाएर दुबैलाई पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश भएपछि उर्मिला अर्यालले एमालेमा राम्रा र इमान्दार मान्छे छायाँमा परेको भन्दै राजनीतिक र शैद्धान्तिक
रुपमा पतन भइसकेको एमाले छोडी माओवादीमा प्रवेश गरेको बताइन् ।
यस्तै नायिका रेखा थापाले एमाओवादी जनताको पार्टी भएकोले आफुपनि यसमा सम्माहित भएको बताइन् ।
उनले पार्टीले दिने जिम्मेवारी पूरा गर्न आफु तयार रहेको कार्यक्रममा बताउदै ऐतीहासिक पार्टीमा पार्टी प्रवेश गर्न पाउँदा खुसी लागेको बताइन् ।
अहिले चलचित्रको पर्दामार्फत मात्र आम जनमानसमा पुग्न नसकिएको कारणले पार्टी प्रवेशबाट अब हरेक नेपाली
जनताका घर घरमा गएर सेवा गर्ने चाहन्छु, नायिका थापाले भनिन् ।
नायिका हुँदा मनोरञ्जन दिए अब देश र जनतालाई सेवा गर्न चाहन्छु, थापाले भनिन् ।
माओवादी पार्टी जनताको र गरिबको पार्टी भएको बताउदै थापाले ति निमुखा जनतालाई सेवा गर्न आफू पार्टीमा प्रवेश गरेको बताइन् ।
उनले आफ्नो पारिवारिक पृष्ठभूमि पनि राजनीतिक रहेकाले अब एकीकृत माओवादीबाट समाजसेवा गर्ने प्रतिवद्धता जनाएकी थिइन् ।
यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
बृहत कम्युनिष्ट पार्टी बनाउने तयारीको रुपमा पार्टी प्रवेश कार्यक्रमलाई अगाडि बढाइएको बताए ।
उनले पार्टी प्रवेश गराउने कार्यक्रमलाई अझै शसक्त रुपमा लैजाने समेत जानकारी दिए ।
प्रकाशित मितिस् द्दण्ज्ञघ(ण्छ(ज्ञड ।
यो हिउदमा कुन कलाकारले कोसंग कसे लगनगाँठो
काठमाडौ । अभिनेत्री केकी अधिकारी, गायक राजेशपायल राई, प्रियंका कार्की लगायत थुप्रै सेलिब्रेटीले बर्ष २०७५ सकिनै लाग्दा
आफ्नो बिवाहको लगन नयाँ बर्ष अर्थात २०७६ मा जुर्ने बताएका थिए ।
त्यो हिसावले पनि बर्ष २०७६ मा धेरै सेलिब्रेटीले घरजमा गर्ने अपेक्षा गरिएको थियो ।
तर यो बर्षको अन्तिम बिवाह लगन परेको दिन ३० फगुनसम्म भने थोरै सेलिब्रेटी मात्र घरजम गर्न सफल देखिए ।
अभिनेत्री केकी अधिकारी, गायक राजेशपायल राई जस्ता कलाकारको भने यो बर्षपनि बिवाहको लगन जुर्न सकेन ।
यो बर्ष अर्थात २०७६ मा को को सेलिब्रेटीले बिवाह बन्धनमा बाँधिए रु चर्चाको बिषय त्यहि हो ।
आँचल शर्मा र उदिप श्रेष्ठ
अभिनेत्री आँचल शर्माले बिहिबार अर्थात २९ फागुनमा बिवाह गरेकी हुन् ।
काठमाडौंको एक होटलमा उनले नेपाली परस्परा अनुसार प्रेमी डाक्टर उदिप श्रेष्ठसँग लगनगाँठो कसेकी हुन ।
उनीहरुको बिवाहमा आँचल र उदिपका परिवार सदस्यको मात्र उपस्थिति रहेको थियो ।
आँचल र उदिपले एक बर्षको प्रेमसम्बन्धलाई बिवाहमा परिणत गरेका हुन् ।
उनीहरुले बिवाह भोज भने आज शनिबार काठमाडौको हायात होटलमा दिदैछन् ।
आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह समेत आयोजना गरेका थिए ।
प्रियंका कार्की र आयुष्मान देशराज जोशी
अभिनेत्री प्रियंका कार्कीले १५ फागुनमा अभिनेता आयुष्मान देशराज बिवाह गरेकी हुन् ।
बिवाहको अघिल्लो दिन उनीहरुले जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिवाह समेत गरेका थिए ।
उनीहरुको दुबै बिवाहमा पारिवारिक सदस्यको अलवा साथीभाइको समेत उपस्थिती रहेको थियो ।
बिवाह पछि साथीभाई, आफन्तलाई बिवाह भोज समेत खुवाएका थिए ।
बिवाह अगाडि प्रियंका आयुष्मानले मेहेन्दी समारोह समेत मनाएका थिए ।
विजय बराल र प्रमिला खनाल
अभिनेता विजय बराल र नाट्यकर्मी प्रमिला खनालले पनि लगनगाँठो कसेका छन् ।
बिजय र प्रमिलाले गत फागुन १४ गते परम्परागत रूपमा बिवाह गरेका हुन् ।
काठमाडौंको एक पाटी प्यालेसमा लगनगाँठो कसेका दुबैजनाको चिनजान नाटकमा काम गर्ने सिलसिलामा भएको थियो ।
मण्डला थिएटरका कलाकार विजय र प्रमिलालेसँगै थुप्रै नाटक र चलिचत्रमा समेत काम गरेका छन् ।
अभिनेता विजय कबड्डी श्रृखला लगायत एक दर्जनभन्दा बढी चलचित्रमा काम गरेका छन् ।
अभिनेत्री प्रमिलाले पनि थुप्रै नाटकमा काम गरिसकेकी छिन् ।
ऋचा शर्मा र दिपेक्ष बिक्रम राणा
अभिनेत्री ऋचा शर्माले गत संमिर २१ मा बिवाह गरेकी हुन् । उनले प्रेमी दिपेक्ष बिक्रम राणासँग लगनगाँठो कसेकी हुन् ।
ऋचा र दिपेक्षको लामो समयदेखि प्रेम सम्बन्ध रहदै आएको थियो ।
दिपेक्ष लबीम मलका जेनेरल म्यानेजर हुन् ।
नेपाली कल्चर अनुसार बिवाह गरेकी ऋचाको बिवाहमा उनका नजिकका कलाकार साथी र आफन्तजनको सहभागीता रहेको थियो ।
काठमाडौको एक रिसोर्टमा उनीहरुले बिवाह गरेका थिए ।
कृति भट्टराई र रोहित पौडेल
अभिनेत्री कृति भट्टराईले पनि रोहित पौडेलसँग आसार १२ गते बुधबार बिवाह गरेकी हुन् ।
दरबारमार्ग स्थित लक्ष्मी नारायणको मन्दिरमा हिन्दू परम्परा अनुसार उनले लगनगाँठो कसेकी हुन् ।
बिवाहमा दुबै पक्षका परिवारहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
विश्वास उपहार, उनको सम्झनामा लगायतका पुग नपुग आधा दर्जन फिल्म अभिनय गरेकी भट्टराइले रोहितसँग केही समय देखिको प्रेम बिवाहमा परिणत गरेकी हुन् ।
पेशाले इन्जिनियर रहेका रोहितसँगको बिवाहमा कृति खुसी देखिएकी थिइन् ।
पछिल्ला समय कृतिले नयाँ बानेश्वर थापागाउँमा अर्गयानिक एस्प्रोसो कफी सप सञ्चालन गर्दै आएकी छन् ।
थापाले भर्खरै राप्रपाको महामन्त्रीमा चुनाव हारेकी छिन ।