देशकै उत्कृष्ट बागचौर नगरपालीकामा माओवादी केन्द्रको भव्य रुपमा सम्मेलन सम्पन्न: अध्यक्षमा भण्डरी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागचौर नगरपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।

झण्डै एक हप्ता लामो समय लगाएर भए पनि कमिटी सर्वसम्मतले नै चयन भएको छ ।

लामो छलफल पछि सम्पन्न भएको सम्मेलन बाट अध्यक्ष शोभाराम भण्डारी, उपाध्यक्ष मोहन बुढाथोकी, रोमु शाही र कमल डाँगी, सचिव दिपक वली, सह-सचिव मदन बस्नेत र कोषाध्यक्षमा राधा वली शर्मा सहित ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत बनेको छ ।

लगातार एक हप्तासम्मको अथक प्रयास एवम् ठुलो जनवादी छलफलबाट एकताको सन्देश दिदै यो दोस्रो नगर सम्मेलन सर्वसम्मत नै टुङ्ग्याएको आयोजक कमिटी ईन्चार्ज टिकाराम वलीले बताएका छन ।

धेरै लामो समय लागेको कारण पाटी केन्द्र सेखी सबैको चासो बागचौरमा केन्द्रित भएको थियो । सम्मेलन गर्न यति लामो समय किन लाग्यो भने सबैले प्रश्न चिन्ह खडा गरेका थिए ।

माओवादीको केन्द्र भएको कारण पनि लामो समय सम्म छलफल भएको र अन्ततः सर्वसम्मत नगर कमिटी चयन भएको कुरा नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटी निवर्तमान अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिएका छन ।

यससँगै सल्यानका १० स्थानीय तहमा नै नेकपा माओवादी केन्द्रले सर्वसम्मत नयाँ नेतृत्व चयन गरि सम्मेलन सम्पन्न गरेको छ ।

बागचौर नगरपालीका प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सबैभन्दा बढी बजेट लिएर उत्कृष्ट बनेको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सबैभन्दा उत्कृृष्ट काम गरेर कर्णाली प्रदेशमा पर्ने सल्यान जिल्लाको वागचौर नगरपालीका नेपालका कुल ७ सय ५३ स्थानिय तहहरु मध्ये सबैभन्दा बढी रकम पाउने स्थानिय तह मध्ये पहिलो बन्न सफल भएको छ ।

संघीय सरकारले आर्थिक बर्ष २०७८ र ०७९ का लागी कामका लागी पारिश्रमिकमा आधारित आयोजना संचालन गर्न बजेट बिनियोजन गरे अनुसार नेपालका ७ सय ५३ स्थानिय तहहरु मध्ये सबै भन्दा बढी रकम सल्यानको बागचौर नगरपालिकाले प्राप्त गरेको हो ।

चालू आर्थिक बर्षमा पनि नेपालकै उत्कृष्ट बनेको बागचौर नगरपालिकाले आगामी आर्थिक २०७८ र ०७९ का लागी ७ करोड २५ लाख ६५ हजार रकम ससर्त अनुदानमा पाएको हो ।

वित्तिय हस्तान्तरण रकम अन्तर्गत नेपाल सरकार बाट ३ करोड २७ लाख ७४ हजार रुपैयाँ र आइ।डि।ए। बाट ३८ लाख रपैयाँ, त्यसैगरि कार्यप्रगतिका आधारमा स्थानिय तहलाइ नेपाल सरकार बाट निकासा हुने रकम मध्य ३ करोड ५९ लाख ९१ हजार रुपैयाँ गरि जम्मा ७ करोड २५ लाख ६५ हजार रपैयाँ वागचौर नगरपालीकाले ससर्त अनुदानमा प्राप्त गरेको हो ।

तोकियको समय सिमा भित्र कार्यप्रगतिको तथ्यांक परिबिष्ट गरेको आधारमा नेपाल सरकारले नयाँ आर्थिक बर्षका लागी बजेट बिनियोजन गर्द्वै आएको र बागचौर नगरपालिकाको कार्यप्रगती नेपालकै उत्कृष्ट भएकाले बागचौर नगरपालिका उत्कृष्ट नगरपालिका बन्न सफल भएको बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले बताएका छन् ।

बुढाथोकीले चालू आर्थीक बर्षमा पनि बागचौर नगरपालिका नेपालको उत्कृष्ट नगरपालिका बनेको बताएका छन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमले सृजनशिल बिकासको अवधारणा ल्याउनुका साथै गरिवि न्यूनीकरणका लागि टेवा पुर्‍याएको बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा दुई पटक नेपालकै उत्कृष्ट बनेको बागचौर नगरपालिकामा सुचिकृत बेरोजगार संख्या ६ हजार ५ सय ६९ जना रहेको र जस मध्य नेपाल सरकारको रकम बाट १ हजार १ सय ९२ जना र आइ।डि।ए। को रकम बाट ६६ जना गरि जम्मा १ हजार २ सय ५८ जना चालू आर्थिक बर्षको रोजगार कार्यक्रममा जोडिएको बागचौर नगरपालिकाका रोजगार संयोजक नवराज डाँगीले बताएका छ्न ।

हाल वागचौर नगरपालिकाले कोरोना उपचारको लागि अस्पताल निर्माण गरेको छ र कोरोना विरामीको उपचार तथा कोरोना रोकथाममा उल्लेखनिय योगदान गरेको छ ।

लोकमान वुढाथोकी नेकपा माओवादी केन्द्र बाट वागचौर नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ sixty two = sixty nine