महाधिवेशनको नजिकै नारायण काजी श्रेष्ठले गरे महत्त्वपूर्ण घोषणा: माओवादीमा छायो खुसीयाली

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी शर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन् ।

माओवादी केन्द्र महोत्तरीको बर्दिबासमा प्रथम नगरसम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री बन्नकै लागि केपी शर्मा ओलीले प्रतिगमन र विसर्जनवादलाई आगालेको पनि आरोप लगाए ।

समाजवादी क्रान्तिबाट नै सुखी नेपालको परिकल्पना गर्न सकिने र यसको लागी कम्युनिस्टहरूले सत्ताको नेतृत्व गर्नुपर्ने उनको जिकिर छ ।

क्रान्तिकारी पक्षधरहरूसँग नै कम्युनिस्टहरूले सहकार्य र कार्यगत एकता गर्नुपर्ने उल्लेख गर्दै नेता श्रेष्ठले वैचारिक, कार्यगत र रणनीतिसहितको मोर्चा बन्दी गर्दै पार्टीलाई मजबुत बनाउनु पर्नेमा जोड दिए ।

माओवादी केन्द्र कहिल्यै पद र सत्ताको लोभ नगर्ने र जनमुखी कार्यहरूमा सहकार्य गर्दै आएको पनि उनको भनाइ छ ।

नेता श्रेष्ठले पदभन्दा पनि विचारमाथि हुनुपर्ने बताए ।

उनले भने, ‘केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नकै लागि एकता गरे अनि सहमतिलाई पनि तोडे ।’

समाजवादी क्रान्तिलाई स्थापित गराउन कम्युनिस्टहरूको लागी अपूर्व अवसर आएको र त्यसलाई वैचारिक कार्यदिशामा मतभेद र सत्तालिप्साको कारण सुरक्षित गर्न नसकिएको पनि नेता श्रेष्ठले दाबी गरे ।

अब जनता ठग्ने र कर छली गर्ने सिधै खोरमा स् अर्थमन्त्री जनार्दन शर्मा

नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले अब कसैले कर छली गर्नु भनेर सोच्नु नपर्ने बताएका छन्।

दशौँ कर दिवस २०७८ का अवसरमा आन्तरिक राजस्व विभागमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले कर छली र चुहावट रोक्न सरकार कडाइका साथ प्रस्तुत हुने बताएका हुन्।

“करदाताको गुनासो सुन्नुपर्छ, तत्काल एउटा इकाइ बनाइनेछ, तत्काल कार्यान्वयन हुने संयन्त्र बनाउँछु, उनले भने, कहाँ समस्या छ त्यहाँ तत्काल समाधान गर्ने जिम्मा मेरो भयो ।”

व्यवसायीलाई सहयोग गर्न भन्सारमा व्यापार सुधार थालिएको बताउँदै उहाँले प्रत्येक भन्सार कार्यालयमा ‘भेहिकल स्क्यानर’ राखिने जानकारी दिए ।

“भन्सारमा भइरहेको ढिलाइका कारण व्यवसायीले दुःख व्यहोर्नु परेको छ, अब भन्सारमा स्क्यानर राखिनेछ, जसले व्यवसायीलाई आयातनिर्यातमा सहज गर्नेछ”, उनले भने ।

कर प्रशासनबाट करदातामैत्री व्यवहार हुनुपर्नेमा जोड दिँदै उनले करदताप्रति सरकारको विभेद्कारी नीति नहुने प्रष्ट पारेका थिए ।

उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धिको आवश्यकता रहेको र त्यस क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

साथै, मन्त्री शर्माले जनताको सेवकका रुपमा काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिएका थिए ।

पछिल्लो समय अर्थमन्त्री शर्माले देश विकासका लागि अर्थतन्त्रमा टेवा पुग्ने थुप्रै योजनाहरु समेत अघो सार्दै आएका छन्।

यसअघि उर्जामन्त्री हुँदा विद्युतको लाइनमा ठूलो योगदान गरेका मन्त्री शर्मामा हाल अर्थतन्त्रमा केहि सुधार ल्याउने कार्यक्रम समेत बजेटमा सुनाएका थिए।

मन्त्री शर्माले कर प्रणाली र कर प्रशासनलाई व्यवस्थित एवं जनताप्रति उत्तरदायी बनाइने समेत बताएका छन् ।

काङग्रेसको समीकरण स् को कति पानीमा रु

काठमाडौ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्वमा पुग्न निकै रस्साकस्सीे भइरहेको छ ।

महाधिबेशनका लागि मात्र एकसाता बाँकी रहँदा सभापतिका आकांक्षीहरु दिनरात आन्तरिक गृहकार्यमा जुटेका छन ।

दोस्रो कार्यकालका लागि सभापति बन्न प्रयासरत शेरबहादुर देउवालाई आफ्नै गुटको व्यवस्थापनमा चुनौती देखिएको छ । उता वडा तहदेखि प्रदेशसम्म

एकढिक्का बनेको रामचन्द्र पौडेल पक्ष केन्द्रमा भने साझा उम्मेदार तय गर्न असफल बनिरहेको छ ।

अहिले संस्थापन पक्षबाट तीन र संस्थापन इत्तर पक्षबाट ४ जनाले सभापतिमा दाबी गरेका छन् ।

संस्थापनबाट सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ दौडमा छन् ।

संस्थापन इतर पक्षबाट बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पुर्वमहामन्त्री प्रकाशनमान सिंह, नेता शेखर कोइराला सभापतिका मुख्य दाबेदार हुन् ।

महाधिवेशनका लागि एक सातामात्रै बाँकी रहँदा समेत सभापतिका आकांक्षीले आफ्नो प्यानल बनाउन सकेका छैनन् ।

पलिलो पटक देउवालाई सभापति बनाउने मुख्य सारथीदेखि सभापतिका प्रस्तावक र समर्थक नै अहिले उनको साथ छैनन् ।

प्रस्तावक खुमबहादुर खड्काको निधन भइसकेको छ भने पुराना नेता कुलबहादुर गुरुङ उनको साथ छैनन् ।

१३ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका अर्जुननरसिंह केसी संस्थापन इतरका नेताहरुलाई मिलाएर देउवाविरुद्ध साझा उम्मेदवार बनाउने कसरत गरिरहेका छन् ।

देउवाका विश्वासपात्र उपसभापति विमलेन्द्र निधि आफै सभापतिको दौडमा अघि बढिसकेका छन ।

दुई दशकभन्दा बढी समय गुटगत अभ्यासमा जमेका देउवाको केन्द्रदेखि जिल्ला तहसम्म बलियो गुट छ ।

१३ औँ महाधिवेशनपछि पार्टी एकता गरेर काँग्रेसमा मिसिएका नयाँ नेता कार्यकर्ताको पंक्ति देउवासंग छ । तर पनि निधीले अर्कै समुह बनाएपछि जित्न सक्ने अवस्था छैन ।

देउवाले जित सुनिश्चित गर्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई आफ्नो टिममा ल्याउने कसरत गरिरहेका छन ।

उता आफूलाई सहयोग गरेको खण्डमा पौडेललाई राष्ट्रपति बनाउने गोटी समेत देउवाले फालिरहेका छन् ।

देउवाले सहयोग गरे महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहलाई समेत कार्यवाहक सभापति दिन्छु भनिसकेका छन् ।

ती तीन जनामध्ये कुनै एकलाई आफूतिर तान्न सके चुनाव जित्न सहज हुने बुझाइ देउवाको छ ।

उता देउवासंग शसक्त प्रतिवादका लागी एकमात्र उम्मेदवार बनाउनुपर्ने दवाव पौडेल खेमामा छ ।

रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशनमान सिंह, शेखर कोइराला, चारै जनाले एक अर्कालाई स्विकार्ने अवस्था देखिएको छैन ।

ती तीन जनाले समेत पौडेललाई राष्ट्रपतिको लोभ देखाएका छन् । तर पौडेलले भने तीनै तहका निर्वाचनपछि दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने वचन दिएका छन् ।

सभापति र प्रधानमन्त्रीमा बाँडफाँट गरेर साझा उम्मेदवार तय गर्ने प्रयास सिंह र कोइरालाले गरिरहेका छन ।

पौडेल समूहमा पनि दुईजना उम्मेदवार बन्ने निश्चित देखिन्छ । यदि दुबै पक्षबाट एकएक जना उम्मेदार बन्न नसकेको खण्डमा देउवा,निधि, कोइराला र सिंह ४ जना विच भिडन्त हुने सम्भावना छ ।

१४ औँ महाधिवेशनमा सभापति चयनको प्रक्रिया दोस्रो चरणमा प्रवेश गर्ने पक्का जस्तै छ ।

दोस्रो चरणमा मतदान भएको खण्डमा त्यसपछि स्पष्ट समिकरण पनि देखिनेछ ।

उता सभापतिका दाबेदारहरू पहिलो चरणको चुनावमा पहिलो वा दोस्रो बनेर दोस्रो चरणमा प्रथम बन्ने रणनीतिमा समेत लागेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× nine = ninety