काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत विभिन्न पदका लागि उमेदवारी दिएकाहरू मत माग्न व्यस्त छन् ।
काठमाडौंको प्रदर्शनीमार्ग, भृकृटीमन्डप क्षेत्रमा उमेदवारले महाधिवेशन प्रतिनिधिहरूसित मत मागिरहेका छन् ।
नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि ढिलाइ भएको छ ।
बुथमा खटिने उमेदवारका प्रतिनिधिको टुंगो नलागेको र केही आवश्यक तयारी पूरा नहुँदा मतदान सुरु हुन ढिलाइ भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका पदाधिकारीले बताएका छन् ।
नयाँ नेतृत्व चयनका लागि आज बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान केन्द्र तोकिएको छ ।
मतदानपश्चात् आजै मतगणना सुरु गर्ने तयारी छ । मतदाताहरू लाइनमा छन् ।
Facebook Comments Box