प्रचण्डले गराए एन्टिजेन परीक्षण

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एन्टिजेन परीक्षण गराएका छन्।

मंगलबार हुने प्रतिनिधिसभा बैठकको लागि प्रचण्डले सोमबार बिहान संसद भवन नयाँ बानेश्वर पुगेर कोभिड १९ को एन्टिजेन विधिमार्फत परीक्षण गराएका हुन्।

संसद् सचिवालयले मंगलबार आह्वान गरिएको प्रतिनिधिसभा बैठकको लागि सदस्यहरूलाई सोमबार कोरोना परीक्षण हुने जनाएको थियो।

सोहीअनुसार प्रचण्डले आफ्नो एन्टिजेन विधिमार्फत कोरोना भाइरसको परीक्षण गराएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर १६ गते सूचना जारी गर्दै मंसिर २८ गते मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन्।

दुवै सदनको अधिवेशन सुरु हुने भएपछि सभापति अग्निप्रसाद सापकोटाले सोमबार बैठकस्थललगायतको निरीक्षणसमेत गरिसकेका छन्।

संसद सचिवालयले संसद भवनको स्काई हलमा सभामुखसहित संघीय संसदआवद्ध सबैको कोभिड १९ को एन्टिजेन परीक्षण गर्ने कार्यक्रम रहेको जनाएको छ।

सचिवालयका अनुसार सांसददेखि सुरक्षाकर्मीहरूको सोमबार अपरान्ह ३ बजेसम्म एन्टिजेन परीक्षण गरिनेछ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventeen − = twelve