माओवादी नभएको भए एमाले-कांग्रेषले उहिल्यै एमसिसि पास गर्थे: हेम थापा

काठमाडौं । समाजसेवी हेम थापाले गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला देशको लागि आवश्यक भएपनि यस्तो गौरवको आयोजना सरकारले निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले अहिले मुलुकको दुरदराजमा असहाय, दिनदुखी र गरिब जनतालाई सिटामोल दिन सकिनेमा सक्दै नसकिने काममा हात हालेर धुर्मुश र सुन्तलीले गल्ती गरेको टिप्पणी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । थापाले जनतासामू गरिएका वाचा पूरा गर्न नसकेकोले धुर्मुश र सुन्तलीले ठगी काम गरेको पनि आरोप लगाए ।

समाजसेवी हेम थापाले प्रेम बानियाँ अमेरिकामा मुसोजस्तो लुकेर बसेको टिप्पणी गरेका छन् । उनले आफूले बानियाँलाई पत्रकार पनि नभन्ने बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने“प्रेम बानियाँ पत्रकार नै हुनुहुन्थ्यो होला पहिला, टिभीमा चर्को चर्को कराएर बोल्ने, टिभी नै फुट्नेगरि कराउँथे, अहिले अमेरिकामा मुसोजस्तो लुकेर बस्ने, पत्रकार त भन्दिनँ त्यस्तालाई, मुसा भन्छु म ।”

उनले यो संसारमा आफू नै एउटा व्यक्ति जसले सबैभन्दा बढि दान गरेको भन्दै अहिलेसम्म १९ करोड दान गरिसकेको सुनाए । उनले आफूले अहिलेसम्म एक रुपैयाँ कसैसँग लिएको प्रमाणित भयो भने प्राइम टिभीको स्टुडियोमै आएर विष सेवन गरेर मर्ने पनि घोषणा गरे ।

उनले अहिलेसम्म आफूले धुर्मुश सुन्तलीलाई २ लाख रुपैयाँ दिएको सुनाए । र, यो बालुवामा पानी हालेजस्तो भएको पनि उनले सुनाए

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = two