एमसीसी जस्ताको तस्तै पारित हुदैन ! रास्ट्रिय हित अनुकुल परिमार्जन भए मात्र पारित हुन्छ: प्रचण्ड

काठमाडौं । वर्तमान सरकारको एक प्रमुख साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले अमेरिकी सहयोग एमसीसी जस्ताको तस्तै पारित नहुने बताएका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले एमसीसीलाई नेपालको राष्ट्रिय हित अनुकुल कति पारिमार्जन र संशोधन गर्न सकिन्छ, त्यो हेर्नुपर्ने बताए ।

उनले एमसीसीका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सामान्य कुराकानी भएपनि यसको परिमार्जन, संशोधन र ब्याख्या गर्ने विषयमा ठोस कुराकानी नभएको बताए ।

उनले गठबन्धन सरकारमा तत्कालै समस्या आउने आफूले नदेखेको पनि बताए ।

दाहालले भने, ‘एमसीसीलाई जस्ताको तस्तै मान्दैनौं भनेका छौं । एमसीसी जस्ताको तस्तै पारित हुँदैन । यसमा आवश्यक संशोधन, परिमार्जन र व्याख्या गरेर मात्र यसलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो धारणा हो ।’

यो पनि पढ्नुहोस ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले पाएको विश्वासको मतप्रति टिप्पणी गरेका छन् ।उनले देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट बनेको भन्दै टिप्पणी गरेका हुन् ।

सोमबार केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।‘देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली, कति राम्री पुतली भन्ने खालेको हो ।’ उनले भने ।

नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले पाएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भएको बताएका छन् ।

सोमबार केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै आइतबार प्रधानमन्त्री देउवाले संसद्मा पाएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली रहेको अध्यक्ष ओलीले बताए ।

उनले भने, ‘देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली, कति राम्री पुतली भन्ने खालेको हो ।’अध्यक्ष ओलीले देउवा सरकारले अब सत्ताको दुरुपयोग गरी एमालेमाथि हमला सुरु गर्ने पनि बताएका छन् । उनका अनुसार काँग्रेस विगतदेखि नै आफैँ आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने पार्टी हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty eight ÷ = seventeen