देउवाको चेतावनीपछि माओवादीको प्रतिक्रियाः गठबन्धन टुटे टुटोस् एमसीसी पास गर्न सकिँदैन्

काठमान्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग नगर्ने हो भने गठबन्धन तोड्ने चेतावनी दिए पछि गठबन्धनका नेताहरु विचको सम्बन्धमा दरार आउँन थालेको छ।

देउवाले त्यस्तो बताएको खबर बाहिरिए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड निकट भनेर चिनिने युवा नेता युवराज दुलालले एममसीसीकै कारण गठबन्धन टुट्छ भने टुट्न दिनु पर्ने बताएका छन् ।

एमसीसी र स्थानिय तहको निर्वाचन अलग अलग कुरा भएको भन्दै उनले एमसीसी देखाएर गठबन्धन टुटाउँने कुरा प्रधानमन्त्री देउवाले गरेको हो भने गलत हुने भनेका छन् ।

एममसी पास गर्ने सर्तका गठबन्धन जोगाउँन आवश्यक नरहेको दुलालले प्रष्ट पारेका छन् ।

दुलालले गठबन्धन जोगाउने सर्तमा अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदन हुन नहुने बताएका छन् । यही कारणले गठबन्धन टुट्ने भए टुट्न दिनुपर्ने उनको भनाइ छ।

‘यदि एमसीसी संसदमा टेवल नगर्दा या अमेरिकाको इच्छा अनुसार पारित नगर्दा गठबन्धन टुट्छ या सराकर ढल्छ भने ढल्न दिनुपर्छ,’

प्रचण्डनिकट मानिएका युवा नेता दुलालले फेसवुकमा लेखेका छन्, ‘र, बुझ्नुपर्छ देश विदेशी उपनिवेशमा नै छ र त्यसबाट मुक्त हुन नयाँ पुस्ताले राष्ट्रिय स्वतन्त्रताको लडाइँ लड्नुपर्छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गरेमात्र स्थानीय तहको चुवाव समयमै गर्ने शर्त राखेको हो भने यो सम्पूर्ण रुपमा गलत हुने उनको तर्क छ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ 88 = ninety seven