प्रचण्डकै डेरामा पुगेर शेखरले भने, ‘चुनावी गठबन्धनको सपना भुलेर पनि नदेख्नुहोस्’

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर चुनावी गठबन्धन सम्भव नभएको बताएका छन् । प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका कोइरालाल्े यस्तो कुरा बताएका हुन् । भेटमा एमसीसी, स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेका थिए । तर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका थिए । ‘गठबन्धन गर्ने भए सरकारमा गरौंला, तर चुनावमा म कुनै हालतमा गठबन्धन गर्दिनँ,’ कोइरालाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी उनका सहयोगी दिनेश थपलियाले भने ।

थपलियाका अनुसार प्रचण्डले पटक–पटक चुनावी गठबन्धनको कुरा गरेका थिए तर कोइरालाले त्यसलाई अस्वीकार गरेका थिए । डा। कोइरालाले एमसीसीको विषयमा अलमल नगर्न सुझावसमेत दिएका थिए । स्वीकार गर्ने भए संसदबाट छिटो पास गर्न र अस्वीकार गर्ने भए पनि संसदबाटै गर्नुपर्ने उनको धारणा थियो ।

कांग्रेस नेता कोइरालाले दुई दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty six − = thirty