भित्रबाट पुरुष भएको भन्दै महिला स्पर्धामा दौड्न प्रतिबन्ध

जुरिच, (एजेन्सी) दक्षिण अफ्रिकाकी ओलम्पिक ८ सय मिटर विजेता केस्टर सेमेन्या अब महिलाहरूसँग दौड्न सक्ने छैनन्। स्वीट्जरल्यान्डको सर्वोच्च अदालतमा उनले मु’द्दा हा’रेपछि उनी महिलाहरूसँग दौड्न नसक्ने भएकी हुन्। अ’दा’ल’तले उनको शरीरमा रहेको पुरुष हर्मोन कम गर्नका लागि उ’पचार आ’दे’श दिएको थियो।

पछिल्लो वर्ष द कोर्ट अफ आर्बिटे«सन फोर स्पोर्ट्स कास) ले सेमेन्यालाई हर्मोन कम गर्न आदेश दिएको थियो। कासले बताएको थियो– ‘सेमेन्याको शरीरमा रहेको पुरुष हर्मोन टेस्टोस्टेरोनलाई औ’षधि उपचार गरी कम गर्नुपर्छ। उनले उक्त आ’दे’शवि’रुद्ध स्वीट्जरल्यान्डको अ’दाल’तमा अपि’ल दर्ता गरेकी थिइन्, जुन हाल खा’रे’ज गरिएको छ।’

सेमेन्याले सो आदेशलाई मान्न तयार भएकी छैनन्। उनले भनिन्– ‘कुनै हर्मोन कम गर्दिनँ। म यस तरिकाको नियममा सहमत छैन। म विश्व एथ्लेटिक्सको औषधि (हर्मोन कम गर्ने औषधि) लिनेको आदेशलाई मान्ने वाला छैन। म जो छु ठीकै छु, अर्काका लागि आफूलाई परिवर्तन गर्दिनँ।’

सेमेन्याले ओलम्पिक, कामनवेल्थ गेम्समा २÷२ पटक तथा विश्व च्याम्पियनसिपमा तीनपटक स्वर्ण पदक जितेकी छन्। उनले पहिलोपटक सन् २००९ मा विश्व च्याम्पियनसिपमा भाग लिएकी थिइन्।

त्यसपछि अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघ (आईएएफ) ले उनलाई लिं’ग परीक्षण गराएको थियो। परीक्षणमा उनको शरीरमा पुरुषमा हुने हर्मोन टेस्टोस्टेरोनको मात्रा बढी देखिएको थियो। परीक्षण प्रतिवेदन आएपछि महासंघले सेमेन्यालाई महिला स्पर्धामा दौड्न प्रतिबन्ध लगाएको थियो। महासंघले भनेको थियो– ‘यदि, सेमेन्याले दौड्न चाहन्छिन् भने उनलाई पुरुष स्पर्धामा छुट छ।’ तर, उनी महासंघसँग सहमत भइनन्।

सेमेन्याले कासको आदेशपछि बताएकी थिइन्– ‘मलाई भगवान्प्रति भरोसा र विश्वास छ। यो जीवन भगवान्ले दिनुभएको हो। जीवनमा के हुन्छ के हुन्न यो पनि उहाँले नै तय गर्नुहुन्छ। जब उहाँले चाहनुहुन्छ, मेरो करियर समाप्त हुनेछ । तर, जबसम्म उहाँले चाहनु हुँदैन तबसम्म कोही पनि मान्छेले मलाई रोक्न सक्ने छैनन्। मेरो यो शरीर पनि भगवान्ले नै दिनुभएको हो। म कसैले भनेअनुसार आफ्नो शरीरको कुनै पनि हर्मोनलाई कम गर्नका लागि कुनै औषधि लिन्नँ।’

पुरुषमा टेस्टोस्टेरोन हर्मोन हुन्छ। यसको मात्रा ३ सयदेखि १ हजार नौ ग्राम प्रतिडेसिलिटरको बीच हुन सक्छ। टि लेभलदेखि मुड, शारीरिक र मानसिक सक्रियता तय हुनेछ। महिलाहरूको शरीरमा उक्त हर्मोनकोे मात्रा २० देखि ३० प्रतिशत मात्रै हुन्छ। सेमेन्याको शरीरमा यो टि लेभल बढेर ४ सय देखि ५ सयको बीचमा पुगेको छ। यसैले उनी अन्य महिला धाविकाभन्दा धेरै बलियो देखिएकी हुन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ seven = 1