
कालिकोट । सान्नीत्रिवेणी गाउँपालिकाले पोतमारा विद्युत संञ्चालन गर्न वजेट माग गरेको छ। सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसी(महेश)ले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पुगेर बिद्युत संचालनका लागी वजेट माग गरेका हुन्।
जिल्लाको एकमात्र ५ सय किलोवाटको स्थानिय पोतमारा लघु जलविद्युत आयोजना अलपत्र अवस्थामा परेको समयमा गाउँपालिका अध्यक्ष केसीले पुन संञ्चालनमा ल्याउन मन्त्रालय संग वजेट माग गरेका छन्।
सान्नीत्रिवेणी गाउँपालिका-७ को पोदमारामा गएको २०७७ सालको अविरल बर्षले पुर्ण रुपमा क्षेतिग्रस्त भई बन्द रहेकाले सो आयोजना संञ्चालन गर्न ठूलो बजेट लाग्ने हुदा गाउँपालिकाले मन्त्रालय संग बजेट माग गरेको हो।
राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनी बैकल्पिक व्यवस्थाका लागी पोतमारा लघुजल बिद्युत आवश्यक रहेको हुदा पालिकाले पहल गरेको अध्यक्ष मोहनबहादुर केसी(महेश)ले जानकारि दिए।
उनले भने ‘शुक्रबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका उप-निदेशक सन्तोष सिलेवास संग छलफल गरियो। अबको एक हप्तामा केन्द्रबाट ईन्जिनरको टोलि पठाउने निर्णय भएको छ। उनिहरुले पोतमारा लघु जलविद्युत आयोजनाको लागत स्टामेट निकालेर जबेट बिनियोजन गर्ने निर्णय भएको छ।’