लगातार सन्दिपलाई नखेलाउदा नम्बर एकबाट तेस्रो स्थानमा झर्यो दिल्ली, खाली हात बिहिरिने खतरा

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स तेस्रो स्थानमा झरेको छ । राति भएको खेलमा सनराइजर्स हैदरबादासँग ८८ रनले पराजित भएपछि दिल्ली तेस्रो स्थानमा झरेको हो । हैदराबादले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको दिल्ली १९ ओभरमा १ सय ३१ रनमात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो ।

जितसँगै १० अंक बनाउँदै हैदराबादले तालिकामा पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ । उसको प्ले अफमा पुग्ने सम्भावना कायमै छ । यस्तै हारेको दिल्ली १४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान १४ अंक नै भए पनि रनरेटका आधारमा मुम्बई इन्डियन्स तालिकाको शीर्ष र रोयल च्यालेन्जर्स बेङ्ग्लोर दोस्रो स्थानमा छन् ।

दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन जोड्दा अजिन्का रहानेले २६ रन बनाए । टुसार देशपाण्डेले अविजित २० रन जोड्दा शिम्रन हिटमायरले १६ रन बनाए । कप्तान श्रेयस एयर ७ रनमा आउट हुँदा शिखर धवन सुन्य रनमा पेभेलियन फर्किए । दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ४ ओभरमा ७ रन खर्चिएर ३ विकेट लिए ।

यस्तै सन्दीप शर्मा र टी नटराजनले २र२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो । दिल्लीको फराकिलो लक्ष्यमा रिद्दिमान शाह र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । रिद्दिमानले ४५ बलमा १२ चौका र २ छक्कासहित ८७ रन बनाए ।

दिल्लीका एनरिच नोर्टजे र रविचन्द्र आश्विनले १र१ विकेट लिए । हैदराबादसँग पराजित भएपछि दिल्ली भने लिगको शीर्ष स्थानमा उक्लन असफल भएको छ । दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन जोड्दा अजिन्का रहानेले २६ रन बनाए । टुसार देशपाण्डेले अविजित २० रन जोड्दा शिम्रन हिटमायरले १६ रन बनाए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

× five = 45