आईपिएलमा आज सबैभन्दा मजबुत टिम मुम्बई र बेङ्लोरको भिडन्त , कसले मार्ला बाजी ?

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) खेल्दै छन् । यी दुई टिमबीचको खेल साँझ ७ः४५ बजेदेखि अबुधाबीमा सुरु हुनेछ ।

जारी सिजनमा दुबै टिम राम्रो लयमा देखिएका छन् । दुबै टिमले ११ म्याचमा समान ७ मा जित र चार खेलमा हारको सामना गरेका छन् । आजको खेल जित्ने टिम ‘प्लेअफ’मा स्थान पक्का गर्नेछ ।

मुम्बईका नियमित कप्तान रोहित शर्मा चोटका कारण विश्राम गरिरहेका छन् । उनी आजको खेलमा पनि उपलब्ध हुन नसक्ने बताइएको छ । टिमका महत्वपूर्ण सदस्यको अनुपस्थितिमा आरसीबीले फाइदा लिन सक्छ ।

रोहित आराम गरिरहेकाले पछिल्ला २ म्याचमा मुम्बईको कप्तानी किरण पोलार्डले गरेका थिए । यदि आज पनि रोहित उपलब्ध नभएमा मुम्बईको नेतृत्व पोलार्डले नै गर्ने छन् ।

मुम्बईको सम्भावित प्लेइङ-११ : क्विन्टन डिकक, इशान किशन, सूर्यकुमार यादव, सौरभ तिवारी, हार्दिक पांड्या, किरण पोलार्ड (कप्तान), क्रुणाल पांड्या, राहुल चाहर, ट्रेन्ट बोल्ट, जसप्रीत बुमराह र जेम्स प्याटिन्सन ।

बैंग्लोरको सम्भावित प्लेइङ-११ : देवदत्त पाडिक्कल, आरोन फिन्च, विराट कोहली (कप्तान), एबी डिविलियर्स, मोइन अली, गुरकीरत सिंह, वाशिङटन सुंदर, क्रिस मोरिस, नवदीप सैनी, युजवेन्द्र चहल र मोहम्मद सिराज ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ nine = one