भारतिय टेस्ट, वनडे र टि-२० टिमबाट रोहित शर्माको छुट्टी, चोटको बाहनामा टिमबाट निकालियो

एजेन्सी । अस्ट्रेलिया विरुद्धको क्रिकेट श्रृखलाका लागि भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय क्रिकेटबोर्ड बीसीसीआइले अस्ट्रेलियाविरुद्धको क्रिकेट श्रृखलाका लागि टेष्ट र एकदिवसीय भारतीय टोलीको घोषणा गरेको हो ।

नियमित उपकप्तान रोहित शर्मा टिम बाहिर रहेका छन् । उनको ठाउँमा केएल राहुललाई उपकप्तान बनाइएको छ । रोहित घाइते भएपछि अस्ट्रेलियाविरुद्धको श्रृखलामा आराम दिइएको हो ।

विराट कोहलीको कप्तानीमा भारतले अस्ट्रेलियाविरुद्ध टी–२०, एक दिवसीय र टेस्ट क्रिकेट श्रृखला खेल्ने छ । भारत र अस्ट्रेलियाबीच तीन टी २०, तीन एक दिवसीय र चार वटा टेस्ट म्याचको सिरिज हुने छ । तीब्र गतिका बलर ईशान्त शर्मा पनि चोटका कारण टिममा छैनन् ।

नयाँ खेलाडीको रुपमा टी २० मा बरुण चक्रवर्तीले स्थान बनाएका छन् । अहिलेसम्मको कार्यक्रम अनुसार भारतले पहिलो एक दिवसीय आगामी २७ या २९ नोभेम्बरमा सिड्नीमा खेल्ने छ । अन्तिम एक दिवसीय डिसेम्बर १ तारिखमा ओभलमा हुने छ ।

भारतीय टी-२० टिम : विराट कोहली (कप्तान), शिखर धवन, मयंक अग्रवाल, केएल राहुल, श्रेयस अय्यर, मनिष, हार्दिक पांड्या, सञ्जु सामसन, रवीन्द्र जडेजा, वाशिंगटन सुन्दर, युजवेन्द्र चहल, जसप्रीत बुमराह, मोहम्मद शामी, नवदीप सैनी, दीपक चहर र वरुण चक्रवर्ती ।

एकदिवसीय टोली : विराट कोहली (कप्तान), शिखर धवन, शुभमन गिल, केएल राहुल, श्रेयस अय्यर, मनिष पाण्डे, हार्दिक पांड्या, मयंक अग्रवाल, रवीन्द्र जडेजा, युजवेन्द्र चहल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शामी, नवदीप सैनी र शार्दुल ठाकुर ।

टेस्ट टीम : विराट कोहली (कप्तान), मयंक अग्रवाल, पृथ्वी शा, केएल राहुल, चेतेश्वर पुजारा, अजिंक्य रहणे, हनुमा विहारी, शुभमन गिल, ऋद्धिमान शाह (धप), ऋषभ पन्त, जसप्रीत बुमराह, मोहम्मद शामी, उमेश यादव, नवदीप सैनी, कुलदीप यादव, रवीन्द्र जडेजा, आर अश्विन र मोहम्मद सिराज ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty ÷ = 10