किङ कोहली फ्लप हुदाँ ठुलो रन बनाउन चुक्यो बेङ्लोर, मुम्बईलाई १६५ रनको झिनो लक्ष्य

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई १६५ रनको लक्ष्य दिएको छ । शेख ज्यायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनायो ।

बैंगलोरका लागि देवदत्त पाडिकलले सर्बाधिक ७४ रन बनाए । उनले ४५ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै ७४ रन बनाएर आउट भएका थिए । त्यस्तै जोश फिलिपले ३३ रन बनाए भने एबी डिभिलीयर्सले १५, कप्तान विराट कोहलीले ८ रन बनाए ।

त्यस्तै शिभम दुबेले २, क्रिस मोरसीले ४ रन, गुरक्रीरात सिंहले अविजित १४ र वाशिंटन सुन्दरले अविजित १० रन बनाए । बलिङतर्फ मुम्बईका लागि जस्प्रित भुम्राहाले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १४ रन खर्चेर एक मेडन ओभर पनि फलेका थिए । योसँगै भुम्राहाले आईपीएलमा १०० विकेट पूरा गरेका छन् । मुम्बईका लागि टे«न्ट बोल्ट, राहुल चहार र किरन पोलार्डले समान एक–एक विकेट लिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four + 5 =