बिराट कोहलीले युवा खेलाडीमाथि गरे घटिया हर्कत, भारतियले नै गरे कोहलीलाई गाली ( भिडियो हेर्नुस )

काठमाडौं : आईपीएल २०२० को ४८ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएर प्लेअफमा लगभग आफ्नो स्थान सुरक्षित गरेको छ। मुम्बई मुम्बईको जितमा मध्यक्रमका ब्याट्सम्यान सूर्यकुमार यादवले उत्कृष्ट इनिङ्स खेले। उनले ४३ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै नटआउट ७९ रन बनाए।

मुम्बईको इनिङ्सको बिराट कोहलीले देखाएको हर्कतले उनको चर्को आलोचना भईरहेको छ । खेलको १३ औं ओभरको अन्तिम बलमा मुम्बईका सुर्य कुमार यादबले कभर ड्राइभमा हिर्काए, त्यहाँ रहेका आरसीबीका कप्तान विराट कोहलीले बललाई समाते। त्यस पछि कोहली र सूर्यकुमार एक अर्कालाई हेर्न थाल्छन् र कोहली पनी पसिनाले बल सफा गर्दै सूर्यकुमारसम्म पुगे। दुई बीच कुनै कुराकानी भएन, तर आँखामा एक धेरै तीब्र प्रतिक्रिया देखियो।

कोहलीको त्यस्तो दृष्टिकोण देखेर प्रशंसकहरूले उनीप्रति ट्विटरमा आक्रोस पोखेका छन्। केही प्रशंसकहरूले कोहलीले केवल विदेशी खेलाडीहरूको आदर गर्न मात्रै आउने प्रतिक्रिया दिएका छन्।

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले मुम्बई इण्डियन्सलाई १ सय ६५ रनको लक्ष्य दिएको थियो। टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। उसका लागि देवदत्त पाडिक्कलले उत्कृष्ट ब्याटिङ गरे । उनले ४५ बलमा १२ चौका र एक छक्कासहित ७४ रन बनाए।

त्यस्तै, जोश फिलिपले ३३, एबी डिभिलियर्सले १५, गुरकितमान सिंहले अविजित १४ र वासिङ्टन सुन्दरले नटआउट १२ रनको योगदान दिएका थिए। आरसीबीले ठूलो स्कोर हासिल गर्न सकेन। आरसीबीले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो। उसका लागि सूर्यकमाुर यादवले ४३ बलमा १० चौका र ३ छक्कासहित अविजित ७९ रन बनाए। त्यस्तै, इशान किशनले २५, क्विन्टन डीककले १८, हार्दिक पाण्ड्याले १७, कुणाल पाण्ड्याले १० रनको योगदान दिएका थिए।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

thirty six ÷ = four