बधाई ! किङ अफ फुटबल रोनाल्डोले कोरोनालाई जिते

काठमाडौं। पोर्चुगल तथा युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डो कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका छन्। ३५ वर्षे रोनाल्डोको १३ अक्टोबरमा कोरोना भाइरस परीक्षणको नतिजा पोजिटिभ आएको थियो। त्यसपछि सेल्फ आइसोलेसनमा बसेका रोनाल्डोले च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्धको खेल पनि गुमाएका थिए।

उक्त खेलमा युभेन्टस बार्सिलोनासँग २-० ले पराजित भएको थियो। रोनाल्डोको मंगलबार गरिएको परीक्षणको नतिजा पनि पोजिटिभ आएको थियो। कोरोना भाइरस संरक्षणका कारण रोनाल्डोले इटालियन सिरी ‘ए’ को दुई तथा युरोपियन प्रतियोगिताको दुई खेल गुमाएका थिए। रोनाल्डोले पछिल्लो पटक ११ अक्टोबरमा पोर्चुगलबाट नेसन्स लिगमा फ्रान्सविरुद्ध खेलेका थिए।

कोरोना भाइरस संक्रमण हुनुअघि रोनाल्डोले युभेन्टसको पहिलो दुई लिग खेलमा तीन गोल गरेका थिए। च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक भएपछि रोनाल्डो र लियोनल मेसी पुनः एक पटक आमनेसामने हुने अनुमान गरिएको थियो। रोनाल्डोले स्पेन छाडेपछि रोनाल्डो र मेसी दुई वर्षयता आमने-सामने भएका छैनन्।

मेसी र रोनाल्डोले संयुक्तरूपमा ११ पटक विश्वको सबभन्दा प्रतिष्ठित बालोन डी‘अर अवार्ड जितेका छन्। अब यी दुई बीच ८ डिसेम्बरमा क्याम्प नोउमा हुने खेलमा आमने-सामने हुनेछन्। आन्द्रे पिर्लोको प्रशिक्षणमा रहेको युभेन्टसले अब आइतबार सिरी ‘ए’ मा स्पेजियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

forty + = 43