पंञ्जाबले चेन्नाईलाई दियो १५४ रनको झिनो लक्ष्य, के उक्त लक्ष्य चेन्नाईले भेटाउला त ?

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ५३ औं खेलमा किंग्स इलेभेन पन्जाबले चेन्नई सुपर किंग्सलाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो ।

चेन्नई पञ्जाबलाई हराउँदै उसको पनि प्लेअफ यात्राको सम्भावनामा ब्रेक लगाउन चाहन्छ भने पञ्जाब चेन्नईलाई ठूलो अन्तरले हराउँदै प्लेअफसम्म पुग्न अङ्कगणितको सम्भावना बलियो पार्न चाहन्छ । चेन्नईको यसअघि नै प्लेअफ पुग्ने सम्भावना सकिसकेको छ ।

आइतबार हुने दोस्रो खेलमा कोलकाता र राजस्थान एकअर्कालाई हराउँदै प्लेअफको यात्रा जीवितै राख्न चाहन्छन् । यी दुवैको १२–१२ अङ्क भए पनि नेट रनरेटका आधारमा राजस्थान छैटौँ र कोलकाता सातौँ स्थानमा छ ।

प्लेअफको सम्भावना बनाइराख्न यी दुवै टिमलाई ठूलो अन्तरको जितको आवश्यकता छ । लिग चरणको खेल अन्तिमतिर आइपुग्दा प्लेअफ झनै रोमाञ्चक बनेको छ । शनिबारको खेलमा दिल्ली र बेङ्ग्लोरले हारेसँगै अरु टिमको पनि प्लेअफको सम्भावना बढेको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seven × one =