आईपिएलमा आज सन्दिपको दिल्ली र कोहलीको बेङ्लोर भिड्ने, कसले जित्ला त खेल ?

काठमाडौं । आइपिएल २०२० मा अब लिग चरणका अन्तिम दुई खेल बाँकी छन्। आज (सोमबार) सेख ज्याद क्रिकेट स्टेडियममा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुनेछ ।

खेल बेलुकी पौने ८ बजे शुरु हुनेछ । यो म्याच जित्ने टीम प्लेअफमा पुग्नेछ । साथै मुम्बई इण्डियन्ससँग ५ नोभेम्बरमा क्वालिफायर १ खेल्नेछ । यो म्याचमा हार्ने टीमले भने ३ नोभेम्बरमा सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्सबीचमा हुने खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

लिग चरणको सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गरेको दिल्ली पछिल्ला खेलहरुमा कमजोर बनिरहेको छ । त्यसैले दिल्लीलाई आजको खेलमा जित निकाल्दै प्लेअफमा पुग्‍ने मौका छ ।

यता बैंगलोरलाई पनि आजको खेलमा जित निकाल्दै अघिल्लो चरण पुग्‍ने मौका छ । गत सिजन खराब प्रदर्शन गरेको बैंगलोर यो सिजन उत्कृष्ट फर्ममा छ । बैंगलोर यो सिजन उपाधि दाबेदार टोलीका रुपमा पनि छ । लिगमा १३ खेल खेलेको बैंगलोर १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहेको दिल्ली अंक तालिकाको तेस्रो स्थानमा छ ।

दिल्ली क्यापिटल्स : श्रेयस अय्यर (कप्तान), क्यागिसो रबाडा, मार्कस स्टोइनिस, संदीप लामिछाने, इशांत शर्मा, अजिंक्य रहाणे, रविचंद्रन अश्विन, शिखर धवन, शिमरोन हेटमेयर, एलेक्स क्यारी, मोहित शर्मा, पृथ्वी शॉ, ललित यादव, अवेश खान, अक्षर पटेल, तुषार देशपांडे , ऋषभ पंत, हर्षल पटेल, चेमो पल, अमित मिश्रा, एनरिक नोर्त्ज, डेनियल साइम्स।

रोयल्स च्यालेन्जर्स बैंगलोर : विराट कोहली (कप्तान), एबी डिविलियर्स, पार्थिव पटेल, आरोन फिंच, जोश फिलिप, क्रिस मोरिस, मोईन अली, मोहम्मद सिराज, शाहबाज अहमद, देवदत्त पादक्कल, युजवेंद्र चहल, नवदीप सैनी, डेल स्टेन, पवन नेगी, ईसुरु उडाना, शिवम दुबे , उमेश यादव, गुरकीरत सिंह मान, वाशिंगटन सुन्दर, पवन देशपांडे, एडम जम्पा।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine + one =