खुसिको खबर ! यसपाली फ्लप धोनीले अर्को सिजन पनि चेन्नाईबाटै आईपिएल खेल्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)को १३औं संस्करणमा खराब प्रदर्शन गरेर आइपिएल इतिहासमा पहिलोपटक समूह चरणबाटै बाहिरिएको चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले टिममा परिवर्तन गर्ने समय आइसकेको बताएका छन् ।

गएराति किंग्स ११ पञ्जाबसँगको खेलपछि उनले टिममा परिवर्तन गर्न आवश्यक भइसकेको बताएका हुन् । आइपिएलको सुरुवातमा एउटा टिम बनाएको चर्चा गर्दै उनले भने ‘एक समय आउँछ, टिममा परिवर्तन आवश्यक हुन्छ, पुरानो पुस्ताले टिम नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ, चेन्नईमा त्यो समय आइसकेको छ ।’

चेन्नईले कम्तिमा आगामी १० वर्षका लागि सोचेर टिम तयार पार्नुपर्ने उनको भनाइ थियो । ३९वर्षीय कप्तानले भने, ‘यो सिजन हाम्रा लागि उत्कृष्ट रहेन । म सबै समर्थकसँग बाचा गर्छु हामी अर्को सिजन सशक्त बन्ने छौं र पुरानै रुपमा मैदान फर्कनेछौं ।’

‘हामीले क्षमता अनुसारको प्रदर्शन गर्न सकेनौं,’ उनले भने, ‘तर ऋतुराज गायकवाड र साम करन जस्ता युवा खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो, यसले मलाई खुसी दिएको छ ।’ उनले यो आफ्नो अन्तिम आइपिएल नभएको पनि प्रष्ट पारेका छन् । केही समयअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका धोनीको पञ्जाब विरुद्धको यो खेल आइपिएलको अन्तिम खेल हुन सक्ने धेरैको अनुमान थियो ।

यही सन्दर्भमा न्युजिल्याण्डका पुर्व खेलाडी डेनी मोरिसनले उनलाई के यो तपाईंको अन्तिम आइपिएल खेल हो ? भन्ने प्रश्न गरेका थिए । प्रश्नको जवाफ दिँदै धोनीले भने, ‘यो मेरो अन्तिम आइपिएल होइन । म अर्को सिजन पनि पहेंँलो जर्सीमा नै मैदानमा उत्रिनेछु ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

6 × one =